लन्डन । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २०० औं वर्षका अवसरमा यहां हुने विशेष समारोहमा भाग लिन लन्डन आइपुगेका छन् ।
थापा बुधवार बिहान कतार एयरवेजबाट हिथ्रो विमानस्थलको टर्मिनल फोरमा उत्रंदा उनलाई कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री लगायत कार्यकर्ताले स्वागत गरेका थिए । थापाका साथ परराष्ट्र सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव कुमार खरेल र स्वकिय सचिव भरतकुमार रेग्मी पनि छन् ।
थापाको व्यस्त भ्रमण तालिका छ । उनको आजै दिउसो एफसीओ र संसदमा बैठक छन् भने सांझ बेलायती विदेश मन्त्रालय (एफसीओ) ले दौत्य सम्वन्ध स्थापनाको उपलक्ष्यमा आयोजना गर्ने विशेष समारोहमा सम्वोधन गर्ने कार्यक्रम छ । उक्त समारोहमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर र अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनले पनि सम्वोधन गर्नेछन् । कार्यक्रममा बेलायती साथै नेपाली संघसंस्थाका सिमित नेपाली प्रतिनिधि, वुद्धिजिवी र सञ्चारकर्मीहरुलाई निम्त्याइएको छ ।
मन्त्री थापा बिहीबार विहानदेखि एफसीओमा हुने परामर्श संयन्त्रको दोश्रो बैठकमा सहभागी हुने दूतावास श्रोतले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा थापासहित नेपाली प्रतिनिधिमण्डल, कार्यवहाक राजदूत क्षेत्री र एफसीओका दक्षिण एसिया निर्देशक एवं नेपाल हेर्ने प्रतिनिधिबीच छलफलको कार्यक्रम छ ।
मन्त्री थापाले १९ डिसेम्बर, शनिवारसांझ लन्डनस्थित नेपाली दूतावासमा गैर आवासीय नेपाली संघ, बेलायतसहित अन्य विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा हुने एक कार्यक्रमलाई सम्वोधन गर्ने जनाइएको छ । थापाले भूपू गोर्खाहरुसंग पनि भेट्ने कार्यक्रम छ ।
यसैबीच, यहांका केही आदिवासी जनजाति संघसंस्थाले संघीयता विरोधी भन्दै मन्त्री थापाको विरोध गर्ने कार्यक्रम राखेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा