लन्डन । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको २०० औं वर्षका अवसरमा यहां हुने विशेष समारोहमा भाग लिन लन्डन आइपुगेका छन् ।
थापा बुधवार बिहान कतार एयरवेजबाट हिथ्रो विमानस्थलको टर्मिनल फोरमा उत्रंदा उनलाई कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री लगायत कार्यकर्ताले स्वागत गरेका थिए । थापाका साथ परराष्ट्र सहसचिव प्रकाशकुमार सुवेदी, उपसचिव कुमार खरेल र स्वकिय सचिव भरतकुमार रेग्मी पनि छन् ।
थापाको व्यस्त भ्रमण तालिका छ । उनको आजै दिउसो एफसीओ र संसदमा बैठक छन् भने सांझ बेलायती विदेश मन्त्रालय (एफसीओ) ले दौत्य सम्वन्ध स्थापनाको उपलक्ष्यमा आयोजना गर्ने विशेष समारोहमा सम्वोधन गर्ने कार्यक्रम छ । उक्त समारोहमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर र अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनले पनि सम्वोधन गर्नेछन् । कार्यक्रममा बेलायती साथै नेपाली संघसंस्थाका सिमित नेपाली प्रतिनिधि, वुद्धिजिवी र सञ्चारकर्मीहरुलाई निम्त्याइएको छ ।
मन्त्री थापा बिहीबार विहानदेखि एफसीओमा हुने परामर्श संयन्त्रको दोश्रो बैठकमा सहभागी हुने दूतावास श्रोतले जनाएको छ । परामर्श संयन्त्रको बैठकमा थापासहित नेपाली प्रतिनिधिमण्डल, कार्यवहाक राजदूत क्षेत्री र एफसीओका दक्षिण एसिया निर्देशक एवं नेपाल हेर्ने प्रतिनिधिबीच छलफलको कार्यक्रम छ ।
मन्त्री थापाले १९ डिसेम्बर, शनिवारसांझ लन्डनस्थित नेपाली दूतावासमा गैर आवासीय नेपाली संघ, बेलायतसहित अन्य विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा हुने एक कार्यक्रमलाई सम्वोधन गर्ने जनाइएको छ । थापाले भूपू गोर्खाहरुसंग पनि भेट्ने कार्यक्रम छ ।
यसैबीच, यहांका केही आदिवासी जनजाति संघसंस्थाले संघीयता विरोधी भन्दै मन्त्री थापाको विरोध गर्ने कार्यक्रम राखेका छन् ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’