
काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल निर्माण सामग्री व्यापार सङ्घले अघोषित नाकाबन्दीका कारण उत्पन्न समस्या समाधान गर्न माग गर्दै आज ज्ञापनपत्र प्रस्तुत गरेको छ ।
सङ्घका अध्यक्ष श्रीकृष्ण रिजालको नेतृत्वमा पदयात्रासहित प्रधानमन्त्री कार्यालय बालुवाटार पुगेको टोलीले महिनौँदेखिको तराई बन्द, हड्ताल र नाकाबन्दीका कारण व्यापार व्यवसाय चौपट भएको भन्दै त्यसलाई जतिसक्दो चाँडो समाधान गर्न आग्रह गरेको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नाकाबन्दीका कारण व्यापार÷व्यवसाय मात्र नभई मुलुकले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको बताउँदै जतिसक्दो चाँडो बन्द, हड्ताल र नाकाबन्दी खुलाउने बारे छलफल भइरहेको बताएको अध्यक्ष रिजालले जानकारी दिए ।
व्यवसायीले बन्द, हड्ताल र नाकाबन्दीका कारण उद्योग व्यवसाय बन्द गर्नुपरेको अवस्थामा व्यवसायीले बैंकबाट लिएको ऋणको व्याज र आयकरमा छुट गर्नुपर्नेसमेत माग गरेका छन् । सो सङ्घले भारतीय दूतावासमा समेत आज ज्ञापनपत्र बुझाएको छ ।
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक