
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगन्जमा आगजानी गरेको ट्रक । बन्दअवज्ञा गरेको भन्दै वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन् । तस्बिर ः बिजयकुमार महतो, पर्सा, रासस
काठमाडौँ, ७ मङ्सिर । विगत १०० दिनदेखि जारी मधेश आन्दोलनका कारण नेपालको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । उद्योगी, व्यवसायीहरुले मधेश समस्या तत्काल समाधान गरि निकास दिन जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष नयनबहादुर क्षेत्री र रेमिट्यान्स एसोसियसनका अध्यक्ष देवीप्रसाद भट्टचनले १०० दिनदेखि जारी तराई आन्दोलनले रु २०० अर्ब घाटा लागेको बताउँदै उद्योग सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरे ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशलाई आत्मनिर्भरताको बाटामा अगाडि लैजानुपर्ने बताएका छन् । मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको ‘नाकाबन्दीमा नेपाली उद्योगको अवस्था’ विषयको अन्तक्र्रियामा मन्त्री पाण्डेले कृषि, जलस्रोतलगायत क्षेत्रमा नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । उनले नेपालको पारवहन सुविधालाई सहज बनाउन छिमेकी मुलुकलाई आग्रह गरे ।
नेपाल औषधि उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहालले सरकारको खुला बजारका कारणले औषधि क्षेत्रमा समस्या उत्पन्न भएको बताए ।
राष्ट्रिय कफी व्यवसाय महासङ्घका अध्यक्ष उत्पादित कफीको कच्चापदार्थको अभावका कारण प्रशोधन गर्न समस्या परेको गुनासो गरेका थिए । फुटवेयर एसोसियसनका उपाध्यक्ष कृष्णप्रसाद फुयाँलले कच्चापदार्थको अभावले अधिकांश कम्पनी बन्द भएको बताए भने नेपाल बोटल वाटर सङ्घका अध्यक्ष सुवास भण्डारीले इन्धन अभावले ५० प्रतिशत पानी उद्योग बन्द भएको जानकारी दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते