
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले वीरगन्जमा आगजानी गरेको ट्रक । बन्दअवज्ञा गरेको भन्दै वीरगन्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसनजिकै ना ४ ख ११६९ नम्बको ट्रकमा आगजनी गरेका हुन् । तस्बिर ः बिजयकुमार महतो, पर्सा, रासस
काठमाडौँ, ७ मङ्सिर । विगत १०० दिनदेखि जारी मधेश आन्दोलनका कारण नेपालको अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । उद्योगी, व्यवसायीहरुले मधेश समस्या तत्काल समाधान गरि निकास दिन जोड दिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठ, राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष नयनबहादुर क्षेत्री र रेमिट्यान्स एसोसियसनका अध्यक्ष देवीप्रसाद भट्टचनले १०० दिनदेखि जारी तराई आन्दोलनले रु २०० अर्ब घाटा लागेको बताउँदै उद्योग सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरे ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले देशलाई आत्मनिर्भरताको बाटामा अगाडि लैजानुपर्ने बताएका छन् । मिडिया इन्टरनेसनलले आज यहाँ आयोजना गरेको ‘नाकाबन्दीमा नेपाली उद्योगको अवस्था’ विषयको अन्तक्र्रियामा मन्त्री पाण्डेले कृषि, जलस्रोतलगायत क्षेत्रमा नयाँ सोच र योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । उनले नेपालको पारवहन सुविधालाई सहज बनाउन छिमेकी मुलुकलाई आग्रह गरे ।
नेपाल औषधि उत्पादक सङ्घका वरिष्ठ उपाध्यक्ष दीपकप्रसाद दाहालले सरकारको खुला बजारका कारणले औषधि क्षेत्रमा समस्या उत्पन्न भएको बताए ।
राष्ट्रिय कफी व्यवसाय महासङ्घका अध्यक्ष उत्पादित कफीको कच्चापदार्थको अभावका कारण प्रशोधन गर्न समस्या परेको गुनासो गरेका थिए । फुटवेयर एसोसियसनका उपाध्यक्ष कृष्णप्रसाद फुयाँलले कच्चापदार्थको अभावले अधिकांश कम्पनी बन्द भएको बताए भने नेपाल बोटल वाटर सङ्घका अध्यक्ष सुवास भण्डारीले इन्धन अभावले ५० प्रतिशत पानी उद्योग बन्द भएको जानकारी दिए ।
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
ट्रम्पको घोषणाः भेनेजुएलाबाट करोडौँ ब्यारेल तेल बजारमा
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते