काठमाडौँ, २ मङ्सिर । सर्वोच्च अदालतले भारतले लगाएको नाकाबन्दीबाट मानवीय सङ्कट आउन नदिनेतर्फ समुचित काम हुने कुरामा हाललाई सरकारलाई अविश्वास गर्नुपर्ने कुनै कारण नभएको ठहर गरेको छ ।
न्यायाधीशहरू ओमप्रकाश मिश्र र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले आज अविश्वास गर्नुपर्ने तत्काल कुनै कारण देखिन नआएको भन्दै सरकारलाई सो सम्बन्धमा हाललाई कुनै आदेश दिन नपर्ने ठहर गरेको हो ।
सरकारद्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा नाकाबन्दीबाट उत्पन्न परिस्थितिलाई सहज तुल्याउन विभिन्न उपाय गरेको पाइएको उल्लेख गर्दै सर्वोच्च अदालतले हाललाई अन्तरिम आदेश जारी गर्नुनपर्ने ठहर गरेको हो ।
“जनजीवन जोखिममा पर्न नदिन र मानवीय सङ्कट आउन नदिनेतर्फ विपक्षी सचेत र सक्रिय रहेको कुरा प्रस्तुत हुन आएको प्रतिवेदनबाट देखिएको र विपक्षीको मानवीय सङ्कट आउन नदिने सन्दर्भमा समुचित कार्य हुने नै कुरामा विश्वास नगर्नुपर्ने तत्काल कुनै कारण देखिन नआएकाले माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन”– अदालतले जारी गरेको आदेशमा उल्लेख छ ।
सर्वोच्च अदालतबाट दुई साताअघि भएको आदेशबाट सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले नाकाबन्दीलाई सहज तुल्याउनका लागि भएको प्रयासका बारेमा विभिन्न उपाय गरिएको जनाई प्रतिवेदन पठाउनुभएको थियो ।
अदालतले उपभोक्ता हकहितको संरक्षणका लागि उपभोग्य वस्तु र सेवाको आपूर्तिलाई नियमित गर्ने कार्य उपभोक्ता संरक्षण नियमावली, ‘ख’ २०५६ बमोजिम गठित समितिबाट अनुगमन भइरहेको जनाइएकाले पनि सरकारलाई कुनै आदेश दिनु नपर्ने ठहर गरेको हो ।
यसैगरी, सर्वोच्च अदालतले द्विपक्षीय र बहुपक्षीय व्यापार सन्धी र सम्झौता, वाणिज्य व्यापार र पारवहनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था र क्षेत्रीय व्यापार सम्झौतासँग सम्बन्धित अन्य संस्थासँगका सम्पर्क, समन्वय, वार्ता, सम्झौता तथा प्रतिबद्धताको कार्यान्वयन र अनुगमनको कार्य भइरहेकाले पनि सरकारलाई कुनै आदेश दिन आवश्यक नरहेको जनाएको छ ।
पेट्रोलियम पदार्थ आपूर्तिका लागि चीनसँग सम्झौता गर्ने कार्य अघि बढिरहेको, निजी क्षेत्रमार्फत ल्याउने व्यवस्था भइरहेको, आन्दोलनतर मधेसी दलसँग वार्ता गर्न वार्ता टोली गठन भइरहेको समेतका आधारमा पनि सरकारलाई अन्तरिम आदेश दिन नपर्ने सर्वोच्च अदालतको ठहर रहेको छ ।
अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने सम्बन्धमा छलफल गर्न सर्वोच्च अदालतले रिट निवेदनका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, तीर्थ वस्यौला, ज्योति बानियाँलगायतले हालको नाकाबन्दीबाट जनताको मौलिक हक हनन् भइरहेकाले प्रभावकारी रुपमा व्यवस्थापन गर्नका लागि अन्तरिम आदेश दिनुपर्ने माग गरेका थिए ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ