
लन्डन । उज्यालो नेपाल अभियानका अभियन्ता कुमाल घिसिङले बेलायती सांसद एलेक्स बेकरसँग भेटवार्ता गर्नुभएको छ ।
बेलायत भ्रमणमा रहनुभएका घिसिङले मंगलबार अगस्ट १२ मा सांसद बेकरसँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल-बेलायत बीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रीन हाईड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्याएको असर र त्यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषय, बेलायती गोर्खा आर्मीको पेन्सनको विषय, नेपालको वर्तमान राजनीतिक अवस्था र उज्यालो नेपाल अभियान तथा यस उद्देश्य सम्बन्धमा सौहार्दपूर्ण छलफल भएको घिसिङले जानकारी दिनुभएको छ ।
‘अगस्ट १२ मा माननीय एलेक्स बेकर बेलायतको सांसद् एवम् नेपालको लागि सर्वदलीय सांसद ग्रुपको नेता (Leader of All Party Parliamentarian Group -APPG) हुनुहन्छ, सँग भेटघाट भै नेपाल-बेलायत बीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रीन हाईड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्याएको असर र त्यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषय, बेलायती गोर्खा आर्मीको पेन्सनको विषय, नेपालको वर्तमान राजनीतिक अवस्था र उज्यालो नेपाल अभियान तथा यस उद्देश्य सम्बन्धमा सौहार्दपूर्ण छलफल भयो,’ घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उहाँले नेपालको हरेक विषयमा गम्भीर चासो लिनुभई, सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।’
उक्त भेटमा नेपाल र बेलायत बीचको द्विपक्षीय जीटुजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार/सचिव मेजर (सेवानिवृत्त)जुदबहादुर गुरूङ र एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ, एलएन पाण्डेको समेत उपस्थिति थियो ।

घिसिङ सोमबार बेलायत आउनुभएको हो । यहाँ घिसिङले नेपाली संघसंस्थाहरुका नेतृत्व र नेपालीसँग भेटघाट गरिरहनु भएको छ । घिसिङलाई सोमबार बेलुकी तमुधीं यूकेले आफ्नै भवन मिचेटमा एक समारोहबीच स्वागत, सम्मान गरेको थियो । उहाँ २४ अगस्टमा हुने १६ औं नेपाली मेलामा समेत विशेष अतिथिको रुपमा सहभागी हुनुहुने तमुधीं यूकेले जनाएको छ ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु