
लन्डन । उज्यालो नेपाल अभियानका अभियन्ता कुमाल घिसिङले बेलायती सांसद एलेक्स बेकरसँग भेटवार्ता गर्नुभएको छ ।
बेलायत भ्रमणमा रहनुभएका घिसिङले मंगलबार अगस्ट १२ मा सांसद बेकरसँग भेटवार्ता गर्नुभएको हो । भेटमा नेपाल-बेलायत बीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रीन हाईड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्याएको असर र त्यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषय, बेलायती गोर्खा आर्मीको पेन्सनको विषय, नेपालको वर्तमान राजनीतिक अवस्था र उज्यालो नेपाल अभियान तथा यस उद्देश्य सम्बन्धमा सौहार्दपूर्ण छलफल भएको घिसिङले जानकारी दिनुभएको छ ।
‘अगस्ट १२ मा माननीय एलेक्स बेकर बेलायतको सांसद् एवम् नेपालको लागि सर्वदलीय सांसद ग्रुपको नेता (Leader of All Party Parliamentarian Group -APPG) हुनुहन्छ, सँग भेटघाट भै नेपाल-बेलायत बीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रीन हाईड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्याएको असर र त्यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषय, बेलायती गोर्खा आर्मीको पेन्सनको विषय, नेपालको वर्तमान राजनीतिक अवस्था र उज्यालो नेपाल अभियान तथा यस उद्देश्य सम्बन्धमा सौहार्दपूर्ण छलफल भयो,’ घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उहाँले नेपालको हरेक विषयमा गम्भीर चासो लिनुभई, सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।’
उक्त भेटमा नेपाल र बेलायत बीचको द्विपक्षीय जीटुजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार/सचिव मेजर (सेवानिवृत्त)जुदबहादुर गुरूङ र एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ, एलएन पाण्डेको समेत उपस्थिति थियो ।

घिसिङ सोमबार बेलायत आउनुभएको हो । यहाँ घिसिङले नेपाली संघसंस्थाहरुका नेतृत्व र नेपालीसँग भेटघाट गरिरहनु भएको छ । घिसिङलाई सोमबार बेलुकी तमुधीं यूकेले आफ्नै भवन मिचेटमा एक समारोहबीच स्वागत, सम्मान गरेको थियो । उहाँ २४ अगस्टमा हुने १६ औं नेपाली मेलामा समेत विशेष अतिथिको रुपमा सहभागी हुनुहुने तमुधीं यूकेले जनाएको छ ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा