
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङलाई स्वागत तथा सम्मान गरेको छ ।
बुधबार १३ अगस्टका दिन बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बामा अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पालगायत कार्यसमिति, सल्लाहकार, आमाहरु र शुभचिन्तकहरुले खादा लगाई उहाँलाई स्वागत तथा सम्मान गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहनुभएका घिसिङलाई बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख जगना गुरुङले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा घिसिङले भन्नुभयो, ‘नेपाली मात्र विदेश गएको रहेनछ, विदेशमा बसोबास गर्ने नेपालीहरुले आफ्नो भाषा, कला, धर्म र संस्कृतिलाई समेत सँगसँगै ल्याई स्थापना गर्नुभएको रहेछ, यसका लागि तपाईंहरु सबैमा धन्यवाद तथा बधाई ज्ञापन गर्छु ।’ साथै, उहाँले, उज्यालो नेपाल भनेको बत्तिको मात्र उज्यालो होइन, मन तथा मस्तिष्क, देशलगायतको उज्यालो हो, समृद्धि हो, रोजगारी हो र शान्ति हो भन्दै आफूलाई स्वागत, सम्मान र विश्वास गरेकोमा बीसीसी यूकेलाई धन्यवाद दिनुभयो । साथै, उहाँले बीसीसी गुम्बा परिसरको अवलोकन सँगसँगै गुम्बाका रिन्पोछे, खेन्पो तथा लोपेन गुरुहरुको दर्शन गर्नुभएको थियो ।
उहाँ तमुधीं यूकेको निमन्त्रणामा १६ औं नेपाली मेलामा सहभागी हुन ११ अगस्टमा बेलायत आउनुभएको हो । नेपाली मेला २४ अगस्टमा केम्पर्टनपार्कमा हुँदैछ ।

कार्यक्रममा बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङ, उपाध्यक्ष क्याप्टेन देब घले, सचिव मेजर शंकर गुरुङ, कोषाध्यक्ष मेजर बलदीप तामाङ, पूर्वअध्यक्ष धर्म तामाङ, सल्लाहकार जंगबहादुर गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै, बीसीसी यूकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्वआमा प्रमुख पुष्पा गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, बीसीसी यूके लन्डन ब्रान्च अध्यक्ष गोपाल तामाङलगायत सल्लाहकार, आमालगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ एमभीओले संचालन गर्नुभएको थियो ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो