
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङलाई स्वागत तथा सम्मान गरेको छ ।
बुधबार १३ अगस्टका दिन बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बामा अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पालगायत कार्यसमिति, सल्लाहकार, आमाहरु र शुभचिन्तकहरुले खादा लगाई उहाँलाई स्वागत तथा सम्मान गर्नुभएको हो । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहनुभएका घिसिङलाई बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख जगना गुरुङले मायाको चिनो प्रदान गर्नुभएको थियो ।
सम्मान कार्यक्रममा घिसिङले भन्नुभयो, ‘नेपाली मात्र विदेश गएको रहेनछ, विदेशमा बसोबास गर्ने नेपालीहरुले आफ्नो भाषा, कला, धर्म र संस्कृतिलाई समेत सँगसँगै ल्याई स्थापना गर्नुभएको रहेछ, यसका लागि तपाईंहरु सबैमा धन्यवाद तथा बधाई ज्ञापन गर्छु ।’ साथै, उहाँले, उज्यालो नेपाल भनेको बत्तिको मात्र उज्यालो होइन, मन तथा मस्तिष्क, देशलगायतको उज्यालो हो, समृद्धि हो, रोजगारी हो र शान्ति हो भन्दै आफूलाई स्वागत, सम्मान र विश्वास गरेकोमा बीसीसी यूकेलाई धन्यवाद दिनुभयो । साथै, उहाँले बीसीसी गुम्बा परिसरको अवलोकन सँगसँगै गुम्बाका रिन्पोछे, खेन्पो तथा लोपेन गुरुहरुको दर्शन गर्नुभएको थियो ।
उहाँ तमुधीं यूकेको निमन्त्रणामा १६ औं नेपाली मेलामा सहभागी हुन ११ अगस्टमा बेलायत आउनुभएको हो । नेपाली मेला २४ अगस्टमा केम्पर्टनपार्कमा हुँदैछ ।

कार्यक्रममा बीसीसी यूकेका उपाध्यक्ष मेजर हितमान गुरुङ, उपाध्यक्ष क्याप्टेन देब घले, सचिव मेजर शंकर गुरुङ, कोषाध्यक्ष मेजर बलदीप तामाङ, पूर्वअध्यक्ष धर्म तामाङ, सल्लाहकार जंगबहादुर गुरुङको उपस्थिति रहेको थियो । त्यस्तै, बीसीसी यूकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्वआमा प्रमुख पुष्पा गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, बीसीसी यूके लन्डन ब्रान्च अध्यक्ष गोपाल तामाङलगायत सल्लाहकार, आमालगायत भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी यूकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ एमभीओले संचालन गर्नुभएको थियो ।
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा