
लन्डन । कुवेतमा केही दिनअघि विषादीयुक्त मदिरा सेवनका कारण ३५ नेपाली नागरिक बिरामी भइ अस्पतालमा उपचाररत रहेका छन् ।
केवतस्थित नेपाली दूनावासले उक्त दुःखद् घटनामा ३५ जना नेपाली नागरिक अस्पताल भर्ना भएको जानकारी प्राप्त भएको जनाएको छ । निजमध्ये केहीको मृत्यु भएको जानकारी पनि राजदूतावासमा प्राप्त भएको छ भने केहीको गम्भीर अवस्थामा उपचार भइरहेको छ । केही बिरामी विभिन्न अस्पतालमा सामान्य अवस्थामा उपचाररत रहेका दूतावासले शुक्रबार विज्ञप्तिमामार्फत जानकारी गराएको छ ।
उक्त विषयमा जानकारी प्राप्त हुनासाथ दूतावासबाट राजदूतलगायत अन्य कर्मचारीले विभिन्न अस्पताल भ्रमण गरी नेपाली बिरामीको अवस्थाका बारेमा जानकारी लिएको थियो । यस सम्बन्धमा दूतावासले सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीसँग निरन्तर सम्पर्कमा रही अस्पतालमा उपचाररत बिरामीको उचित उपचारका लागि निरन्तर समन्वय गरिरहेको जनाएको छ ।
उक्त घटनाका मृतकप्रति दूतावासले श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । साथै दूतावासले उपचाररत बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थको सेवनबाट टाढा रहनु हुनसमेत दूतावासले विशेष अनुरोध गर्दै त्यस सम्बन्धमा कुनै जानकारी लिनुपरेमा दूतावासको वाट्सएप नं +९६५६१००८९५६ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे