लन्डन । बेलायतवासी नेवार समुदायले बिहीबार लन्डनमा नेपाल संवत मनाएका छन् । लन्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रममार्फत नेपाल संवत मनाइएको हो । सहभागिता संख्या उल्लेख नभएपनि नेवार समुदाय प्रवासमा आफ्नो संस्कृति र परम्परा कायमै राख्न दृढ रहेको कतिपयको विश्वास दियो ।
पासा पुच गुठी केन्द्रिय संयोजन समितिले कार्यक्रम गरेको हो । कार्यक्रमका संयोजक थिए ओजेश डंगोल ।
त्रिवेणी गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले शुभकामना दिंदै नेवार समुदायले बेलायतमा समेत आफ्नो संस्कृति र परम्परा कायम राखेको बताए ।
पासा पुच यूके केन्द्रिय अध्यक्ष महन्त श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा डेभिड गेलनर, साउथ इष्ट लन्डनका सांस्कृतिक संयोजक सुशील प्रजापति, सल्लाहकार दीपक श्रेष्ठ, कोषाध्यक्ष माधव श्रेष्ठ, सांस्कृतिक सहसंयोजक अशोक अवाल, सेन्ट्रल लन्डन ब्रान्चका अध्यक्ष कपिल श्रेष्ठ, ओजेश डंगोल, संयुक्त श्रेष्ठ, प्रिति कक्षपति, रेडिङ ब्रान्चका अध्यक्ष सुदर्शन श्रेष्ठ लगायत सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रममा ओजेश डंगोलले नेपाल संवतको क्रमिक विकास र यसका चुनौतीबारे चर्चा गरे । राष्ट्रिय विभूति शंखधर साख्वाको जीवनी र शंकर साख्वाको बारेमा बनाइएको एनिमेटेड मुभी टेजर समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा समय बजी र प्रत्यक्ष नेवारी धुन बजाइएको थियो ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’