लन्डन । बेलायतवासी नेवार समुदायले बिहीबार लन्डनमा नेपाल संवत मनाएका छन् । लन्डनस्थित नेपाली दूतावासमा एक कार्यक्रममार्फत नेपाल संवत मनाइएको हो । सहभागिता संख्या उल्लेख नभएपनि नेवार समुदाय प्रवासमा आफ्नो संस्कृति र परम्परा कायमै राख्न दृढ रहेको कतिपयको विश्वास दियो ।
पासा पुच गुठी केन्द्रिय संयोजन समितिले कार्यक्रम गरेको हो । कार्यक्रमका संयोजक थिए ओजेश डंगोल ।
त्रिवेणी गुरुङले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथी कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले शुभकामना दिंदै नेवार समुदायले बेलायतमा समेत आफ्नो संस्कृति र परम्परा कायम राखेको बताए ।
पासा पुच यूके केन्द्रिय अध्यक्ष महन्त श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा डेभिड गेलनर, साउथ इष्ट लन्डनका सांस्कृतिक संयोजक सुशील प्रजापति, सल्लाहकार दीपक श्रेष्ठ, कोषाध्यक्ष माधव श्रेष्ठ, सांस्कृतिक सहसंयोजक अशोक अवाल, सेन्ट्रल लन्डन ब्रान्चका अध्यक्ष कपिल श्रेष्ठ, ओजेश डंगोल, संयुक्त श्रेष्ठ, प्रिति कक्षपति, रेडिङ ब्रान्चका अध्यक्ष सुदर्शन श्रेष्ठ लगायत सदस्यहरुको सहभागिता थियो ।
कार्यक्रममा ओजेश डंगोलले नेपाल संवतको क्रमिक विकास र यसका चुनौतीबारे चर्चा गरे । राष्ट्रिय विभूति शंखधर साख्वाको जीवनी र शंकर साख्वाको बारेमा बनाइएको एनिमेटेड मुभी टेजर समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा समय बजी र प्रत्यक्ष नेवारी धुन बजाइएको थियो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक