
काठमाडौँ, १ कात्तिक । दसैँ र इन्धन अभावको मौका छोपेर घर हिँडेका यात्रुसँग बढी भाडा लिने सवारी साधनको अनुगमन गर्न निस्कने यातायात व्यवस्था विभागको सवारीलाई नै इन्धनको अभाव भएको छ ।
कार्यालयका सवारी साधनमा इन्धन नभएकाले नियमित अनुगमन गर्न समस्या हुन थालेको विभागका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो । “ठाउँठाउँमा तेलका लागि प्रयास गरयौँ तर पाउन सकेका छैनौँ, यसअघि सात दिन लगाएर ल्याएको १५ लिटर तेल सकिएकाले अनुगमनमा समस्या भएको छ”– उनले भने ।
बल्खुबाट हेटौँडा चल्ने टाटा सुमोले तोकिएकोभन्दा तेब्बर भाडा लिएको गुनासो आएको पनि विभागले जनाएको छ । विभागले बीचमा अनुगमन गर्दा रिजर्भ भनी हिँड्ने गरेकाले गन्तव्यमा पुगेपछि अनुगमन गर्न मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरिएको जनाएको छ ।
यात्रु पनि गन्तव्यमा जानुपर्ने बाध्यताले रिजर्भ नै भन्ने गरेकाले दसैँपछि उजुरी गरेमा कारबाही गरिने व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।
विभागले तोकेभन्दा बढी भाडा लिने सवारीका विषयमा ट्राफिक प्रहरीको १०३ नं मा फोन गरी उजुरी गरेमा ब्लु बुक खोसी सवारी चालकलाई कारबाही गर्ने व्यवस्था गरिएको छ । यात्रुसँग बढी भाडा लिने सवारीको जानकारी गराउन उपत्यकाका १२ स्थानमा खोलिएका नागरिक सहायता कक्षमा पनि उजुरी गर्न विभागले अनुरोध गरेको छ ।
इन्धनको अभावले गर्दा यस वर्ष दसैँमा उपत्यका बाहिरिने यात्रु घटेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । असोज महिनाभरमा उपत्यका बाहिर गएका एक लाख ३२ हजार ९५१ सवारी साधनमा १० लाख ५५ हजार २३२ मानिस बाहिरिएका छन् । उपत्यका भित्रिएका एक लाख ३१ हजार २६६ सवारीमा १३ लाख १७ हजार ३४२ यात्रु प्रवेश गरेको महाशाखाका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
“यस वर्ष तराईमा आन्दोलन र भारतसँगको सीमा नाका बन्द रहेकाले उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हुनसक्छ”– प्रवक्ता भट्टले भने ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ