काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीलाई आज शुभकामना तथा बधाई दिँदै प्रधानमन्त्री ओलीले गरिब जनताका लागि आएको रकमको पूर्ण सदुपयोग हुने विश्वास दिलाए ।
नेपाली जनतालाई राहतको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री ओलीले भने–“जनताको घर, विद्यालय भत्किएको छ, त्यसैले उनीहरुलाई सहुलियत र सहयोगको आवश्यकता छ ।” उनले पुनःनिर्माणमा सहयोग गर्ने सहयोगको प्रतिबद्धता जनाउने राष्ट्र तथा दातृ निकायलाई पुनःनिर्माण कार्य पारदर्शी हुनेमा आश्वस्त पारे ।
प्रधानमन्त्री ओलीले हाल मुलुकको आपूर्तिमा देखिएको असहज अवस्था छिट्टै समाधान हुने अपेक्षा गर्दै अहिलेसम्म पा्रप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै अब सबै मिलेर मुलुकको आर्थिक समृद्धिमा लाग्नुपर्नेमा जोड दिए ।
सो अवसरमा एनआरएनएका पुनःनिर्वाचित अध्यक्ष शेष घले नेतृत्वको पदाधिकारी तथा सदस्यले नेपालको पुनःनिर्माण र आर्थिक विकासमा सहयोग पुरयाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी