धनगढी, ३० असोज । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी शान्ति सुरक्षाको भरपर्दो र प्रभावकारी व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले आजदेखि दसैँ तिहार विशेष सुरक्षा योजना लागू गरेको छ । प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले दसैँ तिहार विशेष सुरक्षा योजनाअन्तर्गत धनगढी उपमहानगर क्षेत्रमा हतियारसहितको प्रहरीको ‘टाइगर टोली’ परिचालन गरिएको जानकारी दिए ।
मोटरसाइकलमा गस्ती गर्ने हतियारसहितको २० जनाको यो टोलीले अपराधिक गतिविधि नियन्त्रणमा सक्रिय हुने बताइएको छ ।
यसबाहेक माउन्टेन बाइकमा खटिने प्रहरी टोलीले पनि महानगरका भित्री गल्ली र सडकमा गस्ती गरी शान्ति सुरक्षाको व्यवस्था गर्न लागेको जनाइएको छ ।
यस्तै चाडपर्वका बेला बढ्न सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक व्यवस्थापनका साथै राजमार्ग क्षेत्रमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता अपराधिक घटना हुन नदिन त्यस्ता घटना हुने स्थानको पहिचान गरी हालको अवस्थामा कैलालीको मध्यक्षेत्रको पहलमानपुर, र मसुरिया क्षेत्रमा गस्ती पेट्रोलियमको व्यवस्था गरिएको छ ।
एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता