
काठमाडौँ, ३० असोज । उपत्यकाभित्र यसपालीको दसैँमा मासुको अभाव हुने भएको छ ।
तराई मधेसमा जारी आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीका कारण खसी, बोका, राँगा, हाँस, कुखुरालगायत चौपाय तथा पशुपंक्षीको ढुवानी सहज रुपमा उपत्यकामा हुन नसक्दा अभाव हुने भएको हो ।
अर्काेतर्फ, चौपाय तथा पशुपंक्षी ढुवानीमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपत्यकावासीले महँगो रुपमा आफूले रोजेको मासु खरिद गर्नुपर्ने बाध्यता देखिन लागेको हो ।
राँगाको मासु बाहेक उपत्यकामा कुल मासु उत्पादनको ६० प्रतिशत खपत हुन्छ । चौपाय खरिद बिक्री सङ्घका अध्यक्ष जीवन खतिवडाका अनुसार गतवर्ष ४० हजार खसीबोका र दुई हजार ५०० भेडा च्याङ्ग्रा उपत्यकाभित्र खपत भएका थिए ।
राजधानी नजिकका जिल्लाका किसानले आफुखुसी खसीबोका, राँगा, हाँस, कुखुरा उपत्यकामा ल्याई बिक्री गर्ने गरेको भएपनि सो बिक्रीको तथ्याङ्क सङ्कलन गर्ने नगरिएको पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालयका वरिष्ठ पशुविकास अधिकृत डा माधव अर्यालले जानकारी दिए ।
नेपालमा सबैभन्दा धेरै राँगाको मासु खपत हुन्छ । खपतको ६३ प्रतिशत अर्थात एक लाख ८५ हजार ९५५ मेट्रिक टन राँगाको मासुबाट मम, छोयला, सेकुवा, भुटन, कचिलालगायत परिकार बनाइ खाने प्रचलन छ । तर दसैँमा राँगाको भन्दा खसीबोका बढी खपत हुने गरेको निर्देशनालयले जनाएको छ ।
वरिष्ठ पशु विकास अधिकृत डा अर्याल भन्छन्, “राँगा बाहेक खसी बोकाको मासु गत वर्ष एक लाख ७५ हजार १३२ मेट्रिक टन उत्पादन भएको थियो । यो उत्पादनको ४० प्रतिशत दसैँमा मात्र खपत भएको थियो । यसपटक खसीबोकाको मासु उत्पादन घटेको छ ।” अर्कातर्फ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पले लाखौँ पशुपंक्षीको मृत्यु भएकाले पनि मासु उत्पादनमा प्रभाव परेको छ । मानिसले पशुलाई गोठ बनाउनभन्दा पहिले बस्ने बास बनाउनेतर्फ लागेकाले पशुपालनमा वृद्धि हुन नसक्दा उत्पादनमा असर परेको हो ।
सहज रुपमा दसैँमा घर जान नसक्ने हुँदा यसपटक राजधानीबाट बाहिरिने मानिसमा कमी आउने देखिन्छ । यसै कारण मासुको माग गत वर्षभन्दा दोब्बर हुने अनुमान गरिएको छ । राजधानीमा मात्र करिब ४० लाख मानिसको बसोबास छ । गत वर्षको दसैँमा राजधानीबाट करिब २५ लाख मानिस बाहिरिएका उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।
व्यापारीले उपत्यकामा तराई मधेसका जिल्लालगायत सल्यान, रुकुम, दाङ, बाँके, बर्दिया, सिन्धुली, रामेछापबाट खसीबोका तथा मनाङ, मुस्ताङ, रसुवालगायतका हिमाली जिल्ला तथा तिब्बतबाट भेडा च्याङ्ग्रा झिकाउँदथे ।
बर्षेपिच्छे नेपालीको मासु खाने बानीमा बढोत्तरी भएपनि उत्पादमा माग अनुसारको वृद्धि हुन नसकेको पशु सेवा विभागका सूचना अधिकारी भीमनाथ शर्माले राससलाई बताए ।
प्राचीन कालदेखि नै चौपायलाई धार्मिक आवश्यकता एवम् मासुका लागि पालिने चलन चली आएको छ । कृषिक्षेत्रको कुल गार्हस्थ उत्पादनमा २६ प्रतिशत योगदान रहेको पशुपालन क्षेत्रले कुल घरपरिवारको ६० प्रतिशत जनसङ्ख्यालाई रोजगार दिएको छ ।
नेपालमा राँगा, थारा भैसी, भेडा च्याङ्ग्रा खसीबोका बङ्गुर, कुखुरा, हाँसको मासु खाने प्रचलन छ । उक्त चौपाय तथा पशुपंक्षीबाट कूल दुई लाख ९५ हजार १६७ मेट्रिक टन मासु गत वर्ष उत्पादन भएको कृषि विकास मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
हुनतः बढ्दो मागलाई केही सहज बनाउन शुक्रबारदेखि नेपाल खाद्य संस्थानले करिब ७०० भेडा च्याङ्ग्रा र १४० वटा खसीबोका थापाथली डिपोबाट बिक्री वितरण गरेपनि उक्त चौपायले उपत्यकामा केही छोपसमेत नलाग्ने अनुमान गरिएको छ ।
डा अर्यालका अनुसार नेपाली उत्पादनले यहाँको माग धान्न झन्डै ७० प्रतिशत उत्पादन बढाउनुपर्ने बताउनुहुन्छ । तर, मासु उत्पादनमा पछिल्लोपटक आष्ट्रिचको व्यवसाय सुरुभएपनि उक्त मासु सर्वसाधारणको बिक्री वितरणमा सहज पहुँच छैन ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल