काठमाडौँ, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आन्दोलनरत मधेसी र थारु मोर्चामा आबद्ध विभिन्न दललाई वार्ताबाट समस्याको समाधान गर्नका लागि पत्राचार गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायतलाई पत्राचार गरेका हुन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले यी दलसँग वार्ताको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो । नयाँ संविधानमा असन्तुष्ट यी दलको आन्दोलन र छिमेकी भारतको अघोषित नाकाबन्दीका कारण मुलुकले पेट्रोलियम पदार्थको अभाव खेपिरहेको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी