काठमाडौँ, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आन्दोलनरत मधेसी र थारु मोर्चामा आबद्ध विभिन्न दललाई वार्ताबाट समस्याको समाधान गर्नका लागि पत्राचार गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवलगायतलाई पत्राचार गरेका हुन् ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले यी दलसँग वार्ताको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई दिएको थियो । नयाँ संविधानमा असन्तुष्ट यी दलको आन्दोलन र छिमेकी भारतको अघोषित नाकाबन्दीका कारण मुलुकले पेट्रोलियम पदार्थको अभाव खेपिरहेको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन