काठमाडौँ, २९ असोज । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा भूकम्पबाट प्रभावित ४५० किलोमिटर ग्रामीण सडक मर्मत सम्भार तथा स्तरोन्नति गर्ने भएको छ ।
भूकम्पबाट अति प्रभावित १२ जिल्लाका जम्मा ४५० किमी ग्रामीण सडक मर्मत सम्भार तथा स्तरोन्नतिका लागि विवरण सङ्कलन भइसकेको र यसका लागि रु चार अर्ब (४० मिलियन युएस डलर) उक्त बैंकले व्यहोर्ने सम्झौता भइसकेको प्रवक्ता पूर्णचन्द्र भट्टराईले राससलाई जानकारी दिए ।
उनका अनुसार सो सडक मर्मत तथा स्तरोन्नति गर्नका लागि केन्द्रमा विभागका उपमहानिर्देशकको नेतृत्वमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र जिल्लास्तरमा स्थानीय विकास अधिकारीको नेतृत्वमा जिल्ला आयोजना कार्यान्वयन इकाइ गठन भइसकेको छ ।
सो कार्यका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाइसकिएकाले आगामी मङ्सीर महिनाबाट कार्य प्रारम्भ गरिने बताइएको छ ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन