काठमाडौँ, २९ असोज । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एसियाली विकास बैंकको सहयोगमा भूकम्पबाट प्रभावित ४५० किलोमिटर ग्रामीण सडक मर्मत सम्भार तथा स्तरोन्नति गर्ने भएको छ ।
भूकम्पबाट अति प्रभावित १२ जिल्लाका जम्मा ४५० किमी ग्रामीण सडक मर्मत सम्भार तथा स्तरोन्नतिका लागि विवरण सङ्कलन भइसकेको र यसका लागि रु चार अर्ब (४० मिलियन युएस डलर) उक्त बैंकले व्यहोर्ने सम्झौता भइसकेको प्रवक्ता पूर्णचन्द्र भट्टराईले राससलाई जानकारी दिए ।
उनका अनुसार सो सडक मर्मत तथा स्तरोन्नति गर्नका लागि केन्द्रमा विभागका उपमहानिर्देशकको नेतृत्वमा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ र जिल्लास्तरमा स्थानीय विकास अधिकारीको नेतृत्वमा जिल्ला आयोजना कार्यान्वयन इकाइ गठन भइसकेको छ ।
सो कार्यका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाइसकिएकाले आगामी मङ्सीर महिनाबाट कार्य प्रारम्भ गरिने बताइएको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ