
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै राष्ट्रपति डा रामवरण यादव । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २९ असोज । राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकताका साथ समृद्ध मुलुक निर्माण लागि विश्वभर छरिएर रहेका नेपालीलाई आह्वान गर्नुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को साताँै अन्तर्राष्ट्रिय साधारणसभा तथा विश्व सम्मेलनको उद्घाटनपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “आर्थिक समृद्धि नै देशको महत्वपूर्ण गन्तव्य हो । त्यसका लागि एनआरएनएको महत्वपूर्ण भूमिका रहनेछ ।”
वैशाखमा गएको भूकम्पपछि विदेशमा रहेका नेपालीले उल्लेखनीय सहयोग गरेको उल्लेख गर्दै राष्ट्रपति डा यादवले आगामी दिनमा भूकम्पपछिको पुनःनिर्माणमा एनआरएनएको महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “भूकम्पले देशको जमिन चीरा परेको थियो, तर नेपालको मन एकताबद्ध भएको थियो । यसलाई समृद्ध बनाउन विश्वमा रहेको सम्पूर्ण नेपालीको अहम् भूमिका हुनेछ ।” राष्ट्रपति डा यादवले गैरआवासीय नेपालीको ज्ञान, सीप र प्रविधिको सहयोगबाट मुलुकको मुहार फेर्न सक्ने प्रशस्त सम्भावना रहेको पनि बताउनुभयो ।
सार्वभौम संविधानसभाबाट संविधान जारी गरी सात दशक लामो नेपालीको आकांक्षा पूरा भएको उल्लेख गर्दै उहाँले यो संविधानको कार्यान्वयनले साँचो अर्थमा लोकतान्त्रिक, सङ्घीय, समावेशी संविधानले सबै क्षेत्र, वर्ग र समुदायको सम्बोधन हुने बताउनुभयो ।
संविधानको कार्यान्वयन अत्यन्त अप्ठ्यारो रहेको बताउँदै उहाँले चुनौतीपूर्ण कार्यलाई सम्पन्न गर्न सबै राजनीतिक दलहरु जिम्मेवार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियताको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “धोती, टोपी, लगौँटी, लुँगी, बक्खु, कछाड लगाउने हामी सबै एक हौँ । उनीहरु सबैको आवाज सम्बोधन हुने आशा लिएको छु ।”
राष्ट्रपति डा यादवले गैरआवासीय नेपालीलाई गाउँगाउँमा जान आग्रह गर्दै आर्थिक, सामाजिक सांस्कृृतिक अधिकारसहित गैरआवासीय नेपालीलाई नागरिकता उपलब्ध गराउने वैधानिक अधिकार उपलब्ध गराएकाले यसले देशको समृद्धिको सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति डा यादवले भन्नुभयो, “नेपालको कला संस्कृति र सभ्यतामा हामी गौरव गछौँ । यसलाई विश्वसमक्ष पु¥याउनु हुनेछ भन्ने विश्वास लिएको छु ।”
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार