काठमाडौँ, २९ असोज । नेपाली काँग्रेसले आज हुने सभामुख र उपसभामुख पदको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारी नदिने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बसेको काँग्रेस पदाधिकारीको बैठकले ती दुई पदमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा भने प्रधानमन्त्री निर्वाचनको क्रममा आफूलाई सहयोग गर्ने दलहरुसँगको आवश्यक परामर्श र सल्लाहका आधारमा अगाडि बढ्ने निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निर्वाचनको क्रममा काँग्रेसलाई मधेस केन्द्रित दलले सहयोग गरेका थिए । ‘‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गरेको दलसँग आवश्यक परामर्श र छलफलपछि राष्ट्रपति र उपराष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेका छौँ’’ बैठकपछि पार्टी प्रवक्ता दिलेन्द्र्रप्रसाद बडूले भन्नुभयो ‘‘आजको निर्वाचनमा हाम्रो आधिकारिक उम्मेदवार कोही पनि छैनन्, तर राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने हामी उम्मेदवारी तय गछौँ ।’’
व्यवस्थापिका–संसद्को आज दिउँसो ३ बजे बस्ने बैठकमा सभामुखको निर्वाचन हुनेछ । व्यवस्थापिका–संसद् सचिवालयले निर्वाचन कार्यतालिका प्रकाशित गरी बहुमतीय प्रक्रियाका आधारमा सभामुख चयन गर्ने जनाएको छ ।
आज बिहान ११ देखि २ बजेसम्म सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।
सभामुखमा एकीकृत नेकपा (माओवादी)ले रोल्पा क्षेत्र नं २ बाट निर्वाचित सांसद ओनसरी घर्तीलाई उम्मेदवार बनाएको छ । प्रमुख सत्तारुढ दल नेकपा (एमाले), एमाओवादी र सरकारलाई सहयोग गरेका अन्य दलको सहयोगमा घर्ती सहजै निर्वाचित हुने बाटो खुलेको छ ।
दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट विजयी हुनुभएकी घर्ती एमाओवादीको तर्फबाट प्रत्यक्ष निर्वाचित हुने २६ जना सांसदमध्ये एक मात्र निर्वाचित महिला सांसद हुनुहुन्छ । उपसभामुखको जिम्मेवारीसमेत सम्हालिसक्नुभएकी घर्ती सत्तारुढ दलको साझा उम्मेदवारको रुपमा देखिनुभएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले बिहीबार दिउँसो ३ बजेसम्म सहमतिका आधारमा सभामुख चयन गर्ने निर्वाचन तालिका प्रकाशित गरेको थियो । सो समयसम्म सहमतिका आधारमा सभामुख चयन नभएपछि आज बहुमतीय प्रक्रियामा प्रवेश गरेको हो ।
यस्तै सचिवालयले आज साँझ ५ बजेका लागि उपसभामुखको निर्वाचन हुने कार्यक्रम तय गरेको छ । उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले उम्मेदवारी दिने जनाएको छ ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ