
भक्तपुर, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटार जाने भएका छन् ।
प्रधानमन्त्री भएपछि पनि उनी भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए । प्रधानमन्त्री ओलीका स्वकीय सचिव रमेश आचार्यले प्रधानमन्त्री आज अपराह्न ५ बजे बालकोटबाट बालुवाटार बसाइँ सर्ने भएको बताए ।
आज संसद् भवनमा हुने सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि सिधै बालुवाटार जाने उनले जानकारी दिए ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन २ मा
नेपाली रङ्गमञ्चमा बहुरिया पदार्पणको सन्देश
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा