काठमाडौँ, २८ असोज । एकीकृत नेकपा (माओवादी) ले सभामुखमा निवर्तमान उपसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले सभामुखमा घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव चुडामणि खड्काका अनुसार एमाओवादीले पाएका मन्त्रीको चयन गर्ने जिम्मा भने बैठकले अध्यक्ष दाहाललाई नै दिएको छ ।
बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्रालयको जिम्मा महासचिव कृष्णबहादुर महरालाई दिने विषयमा छलफल भएपनि अन्तिम निर्णय भने भइसकेको छैन । यस्तै, पार्टी सचिव एवम् संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, स्थायी समिति सदस्यहरु अग्निप्रसाद सापकोटा, शक्ति बस्नेतलगायत नेता पनि मन्त्री बन्ने निश्चित जस्तै भएको छ ।
यसअघि एमाओवादीका तर्फबाट कोषाध्यक्ष हरिबोल गजुरेलले कृषि विकास मन्त्रालयको जिम्मेवारी सम्हाली सकेका छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन