
काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को नयाँ नेतृत्वका लागि तीन प्रत्यासी देखिएका छन् ।
बुधवार यहाँ सुरु भएको साताँैअधिवेशनबाट नयाँ कार्यसमितिका लागि अध्यक्षमा वर्तमान अध्यक्ष शेष घले, उपाध्यक्ष टिबी कार्की र पूर्व महासचिव रतनकुमार झाले उम्मदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा वर्तमान उपाध्यक्ष भुवन भट्ट, कुमार पन्त, लक्ष्यबहादुर गुरुङ, खगेन्द्र जिसी, नरेन्द्रबहादुर भाट, शमशेरसिंह थापाले उम्मेदवारी दिएका छन् । यस्तै, महासचिव पदका लागि डा बद्री केसी, पुष्पराज तिमल्सिना, पुष्प थापा र रञ्जु थापा तथा सचिव पदमा अर्जुनकुमार श्रेष्ठ, धरम केसी, गणेश केसी र सुरेन्द्रबहादुर श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
यसैगरी कोषाध्यक्ष पदमा भैरवप्रसाद ढकाल, चिरञ्जीवी थापा, हिक्मतबहादुर थापा, राजेन्द्र शिवाकोटी र यमकुमार गुरुङको उम्मेदवारी परेको छ ।
अध्यक्ष पदको सहमतिका लागि प्रयास भइरहेको र भोलि दिउँसोसम्म पनि सहमति नभए निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिने एनआरएनएका महासचिव कुमार पन्तले राससलाई जानकारी दिए। एनआरएनएको बन्दसत्र भर्खरै सकिएको छ । भोलि बिहीबार दिउँसो १ बजे निर्वाचन हुनेछ ।
यसअघि अधिवेशनको एनआरएनए संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, वर्तमान अध्यक्ष शेष घले, निर्वतमान अध्यक्ष जिवा लामिछाने र पूर्व अध्यक्ष देवमान हिराचनले संयुक्त रुपमा उद्घाटन गर्दै सकेसम्म नेतृत्व सर्वसम्मत हुनुपर्नेमा जोड दिए । राति अबेरसम्मको बन्दसत्रले संस्थाको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै संस्थाका विभिन्न राष्ट्रिय समन्वय परिषद्का गतिविधिको प्रतिवेदन प्रस्तुत भई पारित भएको महासचिव पन्तले बताए ।
एनआरएनको ७१ राष्ट्रिय समन्वय परिषद् र एक अन्तर्राष्ट्रिय समन्वय परिषद् रहेको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेपछि शुक्रबार एनआरएन विश्व सम्मेलन सुरु हुनेछ । सम्मेलनको राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा पर्यवेक्षकसहित एक हजार ५०० भन्दा बढी एनआरएन सदस्यको सहभागिता रहेको छ । आगामी असोज ३० गते काठमाडौँ घोषणापत्र जारी गर्दै सम्मेलन सकिने आयोजकले जनाएको छ ।
यो पटकको सम्मेलनले भूकम्पपछिको अवस्थामा नेपालमा पुनःनिर्माण र पूर्वाधार विकासमा लगानी अभिवृद्धि गर्नेगरी योजना कार्यक्रम ल्याइने बताइएको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी