
दसैंको घटनास्थापनाको दिनदेखि दशमीसम्म काठमाडौँको भद्रकालीमा छातीमा जमरा उमार्न तेस्रोे पटक बसेका राधकृष्ण गुरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस ।
काठमाडौँ, २६ असोज । विजयादशमीको पहिलो दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा घटस्थापना गरी मनाइँदैछ ।
आश्विन शुक्ल पक्षको प्रतिपदादेखि सुरु भई दशमीका दिन टीका तथा जमरा लगाउने प्रचलनअनुरूप आजैका दिनमा दियो, गणेश र कलश पूजाका साथ घटस्थापना गरी जमरा राख्ने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदादेखि दशमीका दिनसम्म नौवटा रात पर्ने भएकाले यसलाई ‘नवरात्र’ भनिने र कोजाग्रत पूर्णिमासम्मलाई दुर्गा पक्षका रुपमा लिइन्छ । आजकै दिनदेखि विजयादशमीका दिनसम्म शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गरिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी गराए ।
विजयादशमीका अवसरमा आज देशभरका विभिन्न शक्तिपीठका साथै दसैँ घरमा घटस्थापना गरी धुमधामका साथ शक्तिस्वरुपा देवीको पूजाआजा गरिने उनले बताए । घटस्थापनाका दिन आज काठमाडौँ उपत्यकाका साथै देशका विभिन्न शक्तिपीठमा दर्शनार्थीको भीड लागेको छ ।
काठमाडौँका दक्षिणकाली, भद्रकाली, मैतीदेवीलगायत शक्तिपीठका साथै पोखराको विन्ध्यवासिनी, तालबाराही, नेपालगञ्जको जयवागेश्वरी, डोटीको शैलेश्वरीलगायत तीर्थस्थलमा दुर्गापक्ष अवधिभर दर्शनार्थीको भीड लाग्ने गर्दछ ।
दक्षिणकाली क्षेत्र सुधार समितिका अध्यक्ष सिद्धिमान श्रेष्ठका अनुसार आजैदेखि काठमाडौँको दक्षिणकाली मन्दिरमा नवरात्र मेला प्रारम्भ भएको छ । मेलामा आउने दर्शनार्थीलाई लक्षित गरी सहज रुपमा दर्शनको व्यवस्था मिलाउन समितिले स्वयम्सेवकको परिचालन गरेको छ । मन्दिर परिसरमा फर्पिङ उच्च माविका विद्यार्थी स्वयम्सेवकका रुपमा परिचालित हुनुका साथै प्राथमिक उपचार शिविर पनि सञ्चालन गरिएको छ ।
पेट्रोलियम पदार्थको अभावका कारण आज पहिलो दिन विगतका वर्षमा जस्तो दर्शनार्थीको चाप भने नभएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार आजैदेखि मन्दिर परिसरमा ‘शिव गुरु’का रुपमा परिचित एक जना सन्तले छातीमा जमरा उमार्न सुरु गरेका छन् । अघिल्लो वर्ष पनि अर्का एक सन्तले छातीमा जमरा उमारेका थिए ।
चर्चामा रहेका शक्तिपीठका साथै प्रचारप्रसारको अभावमा ओझेलमा परेका विभिन्न शक्तिपीठमा पनि घटस्थापनासहित आजैदेखि दुर्गा पूजा गर्ने प्रचलन छ । लेखनाथ नगरपालिका वडा नं १८, कास्की (साविक भरतपोखरी गाविस वडा नं ६) स्थित प्रसिद्ध कोटभैरव मन्दिरमा दुर्गा पक्ष अवधिभर विशेष पूजाआजा हुने स्थानीय समाजसेवी गुरुप्रसाद पौडेलले जानकारी गराए ।
बाइसेचौबीसे राजाका पालादेखि नै पूजाआजा हुँदै आएको उक्त तीर्थस्थलमा कास्की, स्याङ्जा, तनहुँलगायत विभिन्न जिल्लाबाट दर्शनार्थी आउने गरेका छन् ।
अन्य शक्तिपीठ र दसैँघरमा जस्तै कोटभैरव मन्दिरमा पनि घटस्थापनासहित फूलपाती भित्र्याउने, बलि दिने, कालरात्री गर्ने र विजयादशमीका दिन सामूहिक रुपमा टीकाप्रसाद लगाउँदै एक आपसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन रहेको पौडेलले बताए ।
उनका अनुसार यस तीर्थस्थलमा पोखराको बिरौटा, लेखनाथ नगरपालिकाको भण्डारढिक, गगनगौंडालगायत स्थानबाट सवारी साधनमार्फत पुग्न सकिने भएपछि पछिल्ला वर्षमा दर्शनार्थीको चाप बढ्दै गएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार