काठमाडौँ, २६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपालको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा नर्वे र संयुक्त अधिराज्यले हार्दिक बधाई ज्ञापन गरेका छन् ।
लोकतान्त्रिक विकास, शान्ति र समृद्धिका लागि नयाँ संविधान जारी भएसँगै गठन भएको सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओलीलाई संविधान कार्यान्वयनमा सफलता प्राप्त हुने विश्वास नर्वेले व्यक्त गरेको छ ।
सामाजिक एवम् आर्थिक विकासका साथै पुनःनिर्माणका प्रयासलाई सार्थक तुल्याउन संविधानको कार्यान्वयनका लागि नर्वेले नयाँ नेतृत्वलाई बढावा दिने यहाँस्थित नर्वेली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, एसियाका लागि संयुक्त अधिराज्यका राज्यमन्त्री ह्युगो स्वायरले प्रधानमन्त्री ओलीलाई बेलायत सरकारका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेका छन् । दुई सय वर्ष पुरानो नेपाल–बेलायत सम्बन्धको स्मरण गर्दै उनले नेपालको पुनःनिर्माणका काममा आफ्नो मुलुकको दृढ साथ र सहयोग रहने बताएका छन् ।
उनले प्रधानमन्त्री ओली र उनी नेतृत्वको नयाँ सरकारसँग काम गर्ने प्रतीक्षामा आफू रहेको बताएको यहाँस्थित बेलायती राजदूतावासले जारी गरेको राज्यमन्त्री स्वायरको वक्तव्यमा उल्लेख छ ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक