काठमाडौँ, २६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपालको ३८ औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा नर्वे र संयुक्त अधिराज्यले हार्दिक बधाई ज्ञापन गरेका छन् ।
लोकतान्त्रिक विकास, शान्ति र समृद्धिका लागि नयाँ संविधान जारी भएसँगै गठन भएको सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री ओलीलाई संविधान कार्यान्वयनमा सफलता प्राप्त हुने विश्वास नर्वेले व्यक्त गरेको छ ।
सामाजिक एवम् आर्थिक विकासका साथै पुनःनिर्माणका प्रयासलाई सार्थक तुल्याउन संविधानको कार्यान्वयनका लागि नर्वेले नयाँ नेतृत्वलाई बढावा दिने यहाँस्थित नर्वेली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यसैबीच, एसियाका लागि संयुक्त अधिराज्यका राज्यमन्त्री ह्युगो स्वायरले प्रधानमन्त्री ओलीलाई बेलायत सरकारका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेका छन् । दुई सय वर्ष पुरानो नेपाल–बेलायत सम्बन्धको स्मरण गर्दै उनले नेपालको पुनःनिर्माणका काममा आफ्नो मुलुकको दृढ साथ र सहयोग रहने बताएका छन् ।
उनले प्रधानमन्त्री ओली र उनी नेतृत्वको नयाँ सरकारसँग काम गर्ने प्रतीक्षामा आफू रहेको बताएको यहाँस्थित बेलायती राजदूतावासले जारी गरेको राज्यमन्त्री स्वायरको वक्तव्यमा उल्लेख छ ।
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे
एमाले अध्यक्ष केपी ओलीलाई हराउँदै झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह निर्वाचित