काठमाडौँ, २६ असोज । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्रै एकीकृत नेकपा (माओवादी) ले सरकारमा सहभागी गराउने मन्त्रीको टुङ्गो लगाउने भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको पदाधिकारी बैठकले सरकारमा नयाँ तथा पुरानालाई मिलाएर पठाउने विषयमा छलफल भएको थियो ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले सरकारमा पठाउने मन्त्रीको विषयमा छलफल भएपनि एमालेसँग छलफल गरेर मात्रै अन्तिम निष्कर्ष निकालिने जानकारी दिए ।
सोमबार प्रधानमन्त्री ओलीले शपथ लिनुभएपछि एमाओवादीले कृषि विकास मन्त्रीको रुपमा हरिबोल गजुरेललाई सरकारमा सहभागी गराएको छ । एमाओवादीले गृहलगायत महत्वपूर्ण मन्त्रालय पाउने भएकाले सोहीअनुसार मन्त्री चयन गर्ने बताएको छ ।
एमालेसँगको छलफलपछि आजै अपराह्न पुनः बैठक बसेर मन्त्रीको नाम टुङ्गो लगाइने बताइएको छ ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
नेपाल सरकार भन्छ – ‘पश्चिम एसियाबाट तत्कालै श्रमिक उद्धार गरिहाल्नुपर्ने अवस्था छैन’