
काठमाडौँ, २५ असोज । नेपाल आयल निगमले हवाइ इन्धन आपूर्ति गर्ने जिम्मा नेपाल वायुसेवा निगमलाई अनुमति प्रदान गरेको छ ।
आयल निगम व्यवस्थापन समितिको आज बसेको बैठकले सो निर्णय गरेको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले राससलाई जानकारी दिए ।
निगमका अनुसार हवाइ इन्धन आपूर्तिका लागि नेपाल वायुसेवा निगमले मनसायपत्र दर्ता गराएसँगै आज आयल निगमले सो निर्णय गरेको हो ।
विभिन्न बहाना बनाई भारतले पेट्रोलियम पदार्थको आयातमा रोक लगाएपछि निगमले गएको विहीबार अन्तर्राष्ट्रिय बजारबाट पेट्रोलियम पदार्थ आयातका लागि मनसायपत्र आह्वान गरेको थियो ।
निगमका अनुसार पेट्रोलियम पदार्थ आपूर्तिका लागि २३ वटा विभिन्न फर्म तथा कम्पनीले निवेदन दिएका थिए । हवाइ इन्धन आपूर्तिका लागि नेपाल वायु सेवा निगमलाई जिम्मा दिइएपनि अन्य पेट्रोलियम पदार्थ आपूर्ति गर्न भने कस्लाई दिने भन्ने निर्णय हुन बाँकी रहेको उनले जानकारी दिए ।
आयल निगमले आह्वान गरेको आशयपत्रमा कुनै पनि मुलुकबाट तथा जुनसुकै मार्गबाट पनि पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकिनेछ । निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउने हेतुले इच्छुक आपूर्तिकर्ताले तीन दिनभित्र अहिलेलाई १५ दिनका लागि प्रतिदिन डिजल २०० किलोलिटर, पेट्रोल १०० किलोलिटर, हवाई इन्धन र मट्टितेल २००, २०० किलोलिटर र खाना पकाउने ग्यास १०० मेट्रिक टन आपूर्ति गर्नुपर्नेछ । सो परिमाणको पेट्रोलियम पदार्थ ल्याउन सक्ने जुनसुकै फर्म तथा संस्थाले निवेदन दिन सक्ने जनाएको थियो ।
मङ्गलबार निजी सवारी साधनलाई इन्धन
आयल निगमले उपत्यकामा भोलि एक दिनका लागि सबै पम्पबाट निजी सवारी साधनलाई पेट्रोल–डिजेल वितरण गर्ने भएको छ ।
उपत्यकामा रहेका करिब १२५ पम्पबाट मङ्गलबार दिउँसो १२ बजेबाट निजी सवारीसाधनमध्ये मोटरसाइकललाई पाँच लिटर र चारपाङ्ग्रे कार, जिप–भ्यानलगायतलाई १५ लिटरका दरले इन्धन उपलब्ध गराउन लागिएको हो ।
दसैँमा सवारीसाधन चलाउन सजिलो हुने गरी अर्को निर्णय नहुन्जेलसम्म निजी सवारी साधनलाई मङ्गलबार मात्रै इन्धन उपलब्ध गराइने व्यवस्था मिलाइएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका आपूर्ति हेर्ने उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिए ।
इन्धनको अभावका कारण देशभर कम मात्रामा सार्वजनिक सवारीसाधन चलेका छन् । उद्योग, कलकारखाना र विद्यालय पनि सञ्चालन हुन सकेका छैनन् ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल