भक्तपुर, २५ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले बधाई एवम् शुभकामना दिनुभएको छ ।
आज बिहान भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओली निवासमा पुगेर रेले बधाई दिनुभएको हो ।
प्रधानमन्त्री ओली र राजदूत रेबीच भएको भेटघाटमा दुई देशको मित्रता र सम्बन्ध अझै प्रगाढ बनाउने तथा नेपाल–भारत नाकामा भएको अवरोध हटाएर नाका सहज बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।
आज बिहानदेखि नै उहाँको निवासमा बधाई दिनेको ओइरो लागेको छ । अघिल्लो सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत पत्रकार, विभिन्न सङ्घ सङ्गठनका प्रतिनिधि, उद्योगी, व्यापारी, नेता र कार्यकर्ताले बालकोटमा पुगेर प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन गर्नु भएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन