काठमाडौँ, २४ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको छ ।
नेपालको नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री पदमा निर्वाचन हुँदै छ । तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) कार्यालयमा आज बसेको सो मोर्चाको बैठकले सो निर्णय गरेको तमलोपाका नेता अकबाल अहमद साहले सञ्चारकर्मीलाई जानकारी दिए ।
सो मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी आबद्ध रहेका छन् । बैठकले मधेसी, जनजाति, थारु, मुस्लिमविरुद्धको बामपन्थी गठबन्धनलाई परास्त गर्न नेकाका सभापति कोइरालालाई प्रममा मतदान गर्ने निर्णय गरेको नेता साहले जानकारी दिए ।
साथै बैठकले तराई मधेस आन्दोलनलाई जारी राख्ने पनि निर्णय गरेको छ ।
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी