गैरआवासीय नेपाली संघ (एनआरएन) शुरुमा सानो एउटा सामाजिक नेटवर्क बनाउने उद्देश्य राखेर शुरु गरिएको थियो तर यसले छोटो समयमै यति ठूलो आकार लियो । छोटो समयमै ठूलो संजालमा विस्तार भएका कारणले संस्थागत विकासका लागि यसका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले तीनपटक नेतृत्व लिनुपर्यो । उहाँले यसरी नेतृत्व लिनुमा संगठनको आवश्यकता र ग्रासरुटको माग दुवै थियो । त्यसपछि देवमान हिराचन र जीवा लामिछाने अध्यक्ष हुनुभयो । हिराचनले दोस्रो कार्यकालका लागि रहर गर्नुभए पनि पाउनु भएन भने लामिछानेले दोस्रो कार्यकालका लागि आकांक्षा नै राख्नुभएन ।
शेष घलेले नेतृत्व लिँदासम्म एनआरएन आफैँ ठूलो संस्था भइसकेको छ । शुरुमा नपत्याएको सरकारले पनि एनआरएनलाई मान्यता दिइसकेको छ भने वैधानिक रुपमै एनआरएन दर्ता पनि भइसकेको छ । अष्ट्रेलियामा अर्बपतिको हैसियत बनाएका घलेलाई शुरुमा एनआरएनमा भिज्न केही असजिलो भएजस्तो देखिए पनि केही महिनाभित्रैमा उनले पूर्णरुपले एनआरएनमा योगदान दिन शुरु गरे । एनआरएनले घलेजस्तो आर्थिक, बौद्धिक र नेतृत्व क्षमता भएको व्यक्ति पाउनु गर्वको कुरा हो ।
एनआरएन आइसिसीको कार्यकाल दुईवर्षको मात्र हुँदा अध्यक्षहरुले आफ्नो लक्षित कार्यहरु पूरा गर्न नपाएको गुनासो नयाँ होइन । अझ घलेको कार्यकालमा त नेपालमा विनासकारी महाभुकम्प गयो । नेपालमा नेपालीमाथि परेको विपत्तिमा सहयोग गर्ने एनआरएनको मूल उद्देश्यलाई दह्रोसित आत्मसात गर्दै उनले भुकम्प पीडितहरुलाई एक हजार घर बनाइदिने अठोट व्यक्त गरे । यतिमात्र होइन उनको कार्यको कदर गर्दै नेपाल सरकारले उनलाई पुनर्निर्माणको दुत पनि चयन गरेको छ । यसकारण आफ्ना अधुरा कार्य पूरा गर्न र नेपालमा भुकम्पपछिको अति असामान्य अवस्थालाई एनआरएनको मञ्चमार्फत ठीकसँग सम्बोधन गर्न शेष घलेलाई पुनः अध्यक्ष बनाउनु जरुरी छ ।
शेष घलेलाई अध्यक्ष दोहोर्याउँदा एनआरएनको नेतृत्व विकासमा बाधा पर्छ कि भन्ने प्रश्न उठ्न सक्छ । स्वाभाविक रुपमा उपाध्यक्ष, महासचिवका रुपमा काम गरेका साथीहरुलाई अध्यक्ष बन्ने चाहना हुने नै भयो तर वर्तमान कार्यसमितिका साथीहरुले परिस्थितिको गम्भीरता बुझेर होला अध्यक्ष बन्ने आकांक्षा राख्नुभएको छैन । अर्को शब्दमा भन्नुपर्दा, चाहना धेरैमा हुनसक्छ तर यतिबेला शेष घलेको दाँजोमा एनआरएनलाई बौद्धिक, आर्थिक र सक्षम नेतृत्व दिनसक्ने व्यक्ति अरु छैन । यस्तो बेलामा शेष घलेले पुनः एकपटक अध्यक्षको चाहना राख्नु र ७० वटा राष्ट्रिय समन्वय समितिहरुमध्ये अधिकांशले उहाँलाई नेतृत्व लिन अनुरोध गर्नु सुखद संयोग हो ।
यतिबेला एनआरएनका वर्तमान उपाध्यक्ष भवन भट्टले भन्नुभएको ‘एनआरएन हारजितभन्दा पनि संजाल हो’ भन्ने वाक्यांशको सम्झना आउँछ । एनआरएनमा दुईवर्ष कुर्दैमा राजनीतिमा जस्तो बित्ने धेरै कुरा छैन । आजको अवस्था दुई वर्षपछि त्यति टाढा जाँदैन । त्यसैले शेष घलेले पनि चाहना गर्नुभएको अवस्थामा हामीले यसपटक उहाँलाई सर्वसम्मत गर्नसके राम्रो सन्देश जाने थियो ।
कुराकानीमा अाधारित
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा