काठमाडौँ, ८ असोज । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा जानकारी गराएका छन् ।
सङ्घीय प्रदेशको सीमा निर्धारण र संविधानसभाबाट संविधान जारी भएसँगै तराई मधेसमा जारी आन्दोलन र त्यसको प्रभावबारे नयाँ दिल्लीमा भएका छलफलका विषयमा राजदूत उपाध्यायले प्रधानमन्त्री कोइरालालाई अवगत गराएका हुन् ।
नयाँ दिल्लीबाट आजै काठमाडौँ आएका राजदूत उपाध्यायले तराई–मधेसमा जारी आन्दोलनका विषयमा बाहिर आएका टीकाटिप्पणीका विषयमा पनि प्रधानमन्त्री कोइरालालाई स्पष्ट पारेको राससलाई जानकारी दिए ।
राजदूत उपाध्यायले आजै राष्ट्रपति डा रामवरण यादवलगायत प्रमुख दलका शीर्ष नेतासँग पनि भेटवार्ता गरे । प्रदेश सीमाङ्कनका विषयलाई लिएर विगत ४१ दिनदेखि तराई मधेसमा आन्दोलन भइरहेको छ ।
उक्त आन्दोलनका कारण नेपाल प्रवेश गर्ने हजारौँ मालबाहक ट्रकहरू नेपाल–भारत सीमामा अलपत्र परेका छन् ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने