काठमाडौँ, ८ असोज । प्रधानमन्त्री सुशील कोइरालालाई भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मुलुकको पछिल्लो राजनीतिक अवस्था र भारतीय उच्च अधिकारीसँग भएको छलफलका विषयमा जानकारी गराएका छन् ।
सङ्घीय प्रदेशको सीमा निर्धारण र संविधानसभाबाट संविधान जारी भएसँगै तराई मधेसमा जारी आन्दोलन र त्यसको प्रभावबारे नयाँ दिल्लीमा भएका छलफलका विषयमा राजदूत उपाध्यायले प्रधानमन्त्री कोइरालालाई अवगत गराएका हुन् ।
नयाँ दिल्लीबाट आजै काठमाडौँ आएका राजदूत उपाध्यायले तराई–मधेसमा जारी आन्दोलनका विषयमा बाहिर आएका टीकाटिप्पणीका विषयमा पनि प्रधानमन्त्री कोइरालालाई स्पष्ट पारेको राससलाई जानकारी दिए ।
राजदूत उपाध्यायले आजै राष्ट्रपति डा रामवरण यादवलगायत प्रमुख दलका शीर्ष नेतासँग पनि भेटवार्ता गरे । प्रदेश सीमाङ्कनका विषयलाई लिएर विगत ४१ दिनदेखि तराई मधेसमा आन्दोलन भइरहेको छ ।
उक्त आन्दोलनका कारण नेपाल प्रवेश गर्ने हजारौँ मालबाहक ट्रकहरू नेपाल–भारत सीमामा अलपत्र परेका छन् ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ