
साउदी अरब, ८ असोज । साउदी अरेबियाको मक्कामा हज गर्ने क्रममा बुधबार राति भागदौड मच्चिँदा पाँच नेपालीसहित ७१७ तीर्थयात्रुको मृत्यु भएको छ भने ८०५ भन्दा बढी घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भागदौडमा परी नेपालबाट हज गर्न आएका पर्साका जाकिर हुसेन, बाराका इजहर मियाँ र बाराकै सुलेमानी मियां र रफिक मियाको मृत्यु भएको साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभयो । चार जना नेपाली तीर्थयात्रीको बिहीबारनै मृत्यु भएको र एक जना बाँकेका बरक तुल्लाको गएराति मृत्यु भएको कार्यवाहक राजदूत शर्माले बताउनुभयो ।
हज कमिटीका केन्द्रीय अध्यक्ष ताज मोहम्मद मियाँको नेतृत्वमा यो वर्ष नेपालबाट एक हजारभन्दा बढी नेपाली हज गर्न साउदीको मक्का आएको दूतावासले जनाएको छ । हजको दोस्रो दिन मक्का नजिकै रहेको मीना भन्ने स्थानमा शैतानलाई ढुङ्गा हान्ने धार्मिक कार्यमा अचानक भागदौड मच्चिँदा सो दुर्घटना भएको थियो ।
अधिकारीहरुका अनुसार घटनामा परेकालाई उद्धार गर्नका लागि चार हजारभन्दा बढी साउदी सुरक्षा सेना र स्वयम्सेवक खटिएका छन् । मृत्यु हुनेको सङ्ख्या धेरै भएका कारण सबै शवको यकिन भइनसकेको साउदी अधिकारीले जनाएका छन् ।
विश्वका मुस्लिम समुदायको सबैभन्दा ठूलो पवित्र तीर्थस्थलका रुपमा रहेको उक्त स्थानमा हज गर्न यस वर्ष २० लाखभन्दा बढी मुस्लिम समुदाय सहभागी भएका छन् ।
अमेरिकाद्वारा इरानको खार्ग टापुमा ९० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण
गोरखामा माइक्रोबस दुर्घटना : सात जना भारतीयको मृत्यु
काठमाडौंमा वायु प्रदूषण न्यूनीकरण कसरी हुनसक्ला ? [लेख]
बेलायतमा पाँचौं ‘ए-स्टार नेपाल बास्केटबल लिग’ आइतबारदेखि
इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता