
साउदी अरब, ८ असोज । साउदी अरेबियाको मक्कामा हज गर्ने क्रममा बुधबार राति भागदौड मच्चिँदा पाँच नेपालीसहित ७१७ तीर्थयात्रुको मृत्यु भएको छ भने ८०५ भन्दा बढी घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
भागदौडमा परी नेपालबाट हज गर्न आएका पर्साका जाकिर हुसेन, बाराका इजहर मियाँ र बाराकै सुलेमानी मियां र रफिक मियाको मृत्यु भएको साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभयो । चार जना नेपाली तीर्थयात्रीको बिहीबारनै मृत्यु भएको र एक जना बाँकेका बरक तुल्लाको गएराति मृत्यु भएको कार्यवाहक राजदूत शर्माले बताउनुभयो ।
हज कमिटीका केन्द्रीय अध्यक्ष ताज मोहम्मद मियाँको नेतृत्वमा यो वर्ष नेपालबाट एक हजारभन्दा बढी नेपाली हज गर्न साउदीको मक्का आएको दूतावासले जनाएको छ । हजको दोस्रो दिन मक्का नजिकै रहेको मीना भन्ने स्थानमा शैतानलाई ढुङ्गा हान्ने धार्मिक कार्यमा अचानक भागदौड मच्चिँदा सो दुर्घटना भएको थियो ।
अधिकारीहरुका अनुसार घटनामा परेकालाई उद्धार गर्नका लागि चार हजारभन्दा बढी साउदी सुरक्षा सेना र स्वयम्सेवक खटिएका छन् । मृत्यु हुनेको सङ्ख्या धेरै भएका कारण सबै शवको यकिन भइनसकेको साउदी अधिकारीले जनाएका छन् ।
विश्वका मुस्लिम समुदायको सबैभन्दा ठूलो पवित्र तीर्थस्थलका रुपमा रहेको उक्त स्थानमा हज गर्न यस वर्ष २० लाखभन्दा बढी मुस्लिम समुदाय सहभागी भएका छन् ।
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय