
काठमाडौँ, ७ असोज । नेकपा (एमाले)ले जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नयाँ संविधानका पक्षमा मेचीदेखि महाकालीसम्म जनजागरण अभियान कार्यक्रम तय गरेको छ ।
संविधान जारीपछिको अवस्था र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टी केन्द्रीय कार्यालय, ध्रम्रबाराहीमा बसेकोे स्थायी कमिटीको बैठकले संविधानका नयाँ व्यवस्था, जनताका अधिकार र अबको समाजको अग्रगामी दिशाका सम्बन्धमा एकल तथा प्रमुख दलसँग मिलेर जागरण अभियान गर्ने निर्णय गरेको हो ।
बैठकबारे जानकारी दिँदै एमाले केन्द्रीय सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले तराई मधेसलगायत सबै जिल्लामा नेता, सभासद् र कार्यकर्ता परिचालन गरी अभियान सञ्चालन गरिने जानकारी दिनु भयो ।
अभियानका क्रममा संविधानको स्वागत, खुशीयाली, चियापान, जनतामा कुनै अन्योल रहेमा स्पष्ट पार्ने र मुलुक निर्माणका पक्षमा लाग्न आह्वान गर्ने उहाँले बताउनुभयो ।
संविधान जारीका लागि विभिन्न पार्टी, नेता, सभासद्को भूमिकाप्रति धन्यवाद दिँदै एमालेले संविधानको स्वागत गर्ने विभिन्न मुलुकप्रति समेत आभार व्यक्त गरेको छ ।
छिमेकी भारतले हालसम्म स्वागत नगरेको भन्ने सम्बन्धमा सोधिएका प्रश्नमा प्रमुख भट्टराईले नेपाल सार्वभौमसत्तासम्पन्न मुलुक भएको र यसले आफ्नो संविधान बनाउन पाउने आत्मनिर्णयको अधिकार भएकाले संविधानलाई स्विकार गरी नेपालको आर्थिक समृद्धिमा सबै छिमेकीले सघाउने अपेक्षा पार्टीले गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो संविधान कुनै पनि छिमेकीविरुद्ध लक्षित छैन । बुझाइमा कुनै भ्रम रहेको छ भने त्यसलाई स्पष्ट पार्ने काम गरिनेछ, सही सूचना दिइनेछ । यसबाट दुई देशको सम्बन्धमा नकारात्मक असर नपरोस् ।”
मधेसकेन्द्रित दललाई कसरी वार्तामा ल्याउने भन्ने जिज्ञाशामा उहाँले वार्ताको ढोका खुल्ला रहेपनि ती दलको आन्दोलनको कार्यसूची स्पष्ट नभएको जनाउँदै भन्नुभयो, “जनताका बीचमा आतङ्क र बितण्डा मच्चाएर वा आफँै सीमा क्षेत्रमा नाकाबन्दी गराउने कार्य हामीलाई स्विकार्य छैन । त्यस्ता काम दुर्भाग्यपूर्ण र निन्दनीय तथा राष्ट्रविरोधी छ । राष्ट्रिय एकता, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा आँच आउने गरी कुनै सम्झौता हुन सक्दैन ।”
मधेसका केही नेताका घरघरमा पुगेरसमेत प्रमुख दलका शीर्ष नेताले वार्ताको प्रयास गरेको सन्दर्भलाई राम्रो अवसरका रुपमा लिन सक्नुपर्ने भन्दै उहाँले सरकारले कुनै द्वन्द्व सिर्जना गर्न नखोजेकाले वार्तामा आउन आग्रह गर्नुभयो ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते