काठमाडौँ, ७ असोज । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताले संविधानप्रति असन्तुष्ट मधेस केन्द्रित दललाई बन्द हडताल र बल प्रयोगका कार्यक्रम छाडेर वार्तामा आउन पुनः आह्वान गर्ने भएका छन् ।
आज बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तराई मधेसमा जारी आन्दोलनको समीक्षा हुनुका साथै असन्तुष्ट दललाई वार्तामा आउन पुनः संयुक्त आह्वान गर्ने र सहमतिका लागि खाका बनाइने बैठकमा सहभागी नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पत्रकारहरुलाई जानकारी दिए । उनले आजै दिउँसो २ः३० बजे बस्ने अर्काे बैठकमा सोबारे छलफल हुने बताए ।
उपसभापति पौडेलले आन्दोलन रोकेर, बन्द हडताल रोकेर आउन असन्तुष्ट दललाई आह्वान गर्ने जनाउँदै भने – “वार्तामा आउनुस्, ठोस प्रस्तावबारे त्यहीँ छलफल हुन्छ ।”
नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधानको निर्माणपछि यसको कार्यान्वयनका विषय तथा असन्तुष्ट दललाई मुलुकमा तनाव र हिंसा तथा नाकाबन्दीजस्ता काम नगरी जनजीवन सामान्य बनाउन आह्वान गर्ने कुरा भएको बताइन् ।
उनले राजमार्ग अवरुद्ध गर्ने, व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा तहसनहस गर्ने, फरक विचारका नेता, सभासद् र कार्यकर्ताका घरमा आक्रमण गरी हिंसा भड्काउने काम नगरी शान्तिपूर्ण कार्यक्रममा आउन र वार्तामा आउन आग्रह गर्ने पनि बताए । नेत्री भण्डारीले भनिन् – “वार्ताका लागि ढोका सधैँ खुल्ला छ । हिंसात्मक गतिविधि गरेर, राजमार्ग बन्द गरेर कसरी वार्ता गर्ने ?”
संविधानको पहिलो मस्यौदा आएदेखि नै तराईका विभिन्न जिल्लामा गत ३९ दिनदेखि बन्द हडताल जारी छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?