काठमाडौँ, ६ असोज । एकीकृत नेकपा (माओवादी)ले नयाँ संविधानसभाबाट प्राप्त भएका सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण र सामाजिक न्यायलगायत जनताका महत्वपूर्ण उपलब्धिको रक्षा गर्न अपिल गरेको छ ।
नेपाली जनताले आफ्नो संविधान आफैँ बनाउन करिब सात दशकदेखि गर्दै आएको निरन्तरको सङ्घर्षको परिणामस्वरुप संविधानसभाबाट नयाँ संविधान घोषणा भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई संरक्षण सबैसँग आग्रह गरिएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “सामाजिक न्यायसहितको समावेशी लोकतन्त्रलाई राष्ट्रको तात्कालिक कार्यसूची बनाउँदै त्यसको पक्षमा मुख्य रुपमा सङ्घर्ष गर्ने आफ्नो पार्टी र राष्ट्रको लागि ऐतिहासिक उपलब्धि हो ।”
सबै प्रकारका चुनौतिलाई चिर्दै संविधान निर्माण प्रक्रियालाई घोषणाको यो बिन्दुसम्म पुरयाउन नेतृत्वदायी भूमिका खेल्ने सम्पूर्ण जनता र नेपालको हित चाहने सबैका लागि यो हर्ष र प्रसन्नताको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
एमाओवादीले संविधान जारी भएको अवसरमा देश, जनता, संविधानसभा र यो परिवर्तनको मुद्दाको निम्ति सङ्घर्षमा जीवन बलिदान गर्नु हुने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति सम्मान प्रकट, घाइते योद्धामा अभिनन्दन, जनताप्रति आभार एवम् धन्यवाद प्रकट व्यक्त गरेको छ ।
संविधानको घोषणालाई ऐतिहासिक उपलब्धिका रुपमा स्वागत गर्दै खुसी प्रकट गरिरहँदा यस सन्दर्भमा देखिएका गलत विषयप्रति विरोध, असहमति र मतभेदलाई राजनीतिक सम्बोधनबाट समाधान गर्न आग्रह गरेको छ ।
संविधानसभाभित्र रहेका मधेस केन्द्रित पार्टी र थारुलगायत विभिन्न उत्पीडित वर्ग एवम् समुदायप्रति नयाँ संविधानले पहिचान र आफ्नो हक अधिकारको मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै सङ्घर्ष गरेको उल्लेख छ ।
संविधानसभामा रहेको सबै शक्तिको सहभागिता र स्वामित्व कायम हुन सकेन भने संविधानको घोषणा पछि देशमा तनाव र द्वन्द्व जडित स्थिति कायम हुनु नेपाल र नेपालीको हितमा नहुने विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
पार्टीले अन्दोलनकारी शक्ति र उत्पीडित समुदायसँग इमान्दार एवम् गम्भीर वार्ता र राजनीतिक समाधानको सक्रिय पहल गरिनुपर्नेमा जोड दिएको छ ।
एमाओवादीले मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, सीमान्तकृतलगायत उत्पीडित समुदायका ती मुद्दामा पार्टी सङ्घर्षरत रहिरहेको र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कार्यलाई विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार सम्पन्न पार्ने दिशामा अघि बढ्न सबैमा अपिल गरेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते