कपिलवस्तु, ६ असोज । नेपालमा संविधान जारी भएलगत्तै सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सुरक्षा सकतर्कता बढाएका छन् ।
नेपाल भारत सीमा क्षेत्रअन्तर्गत कपिलवस्तुको कृष्णनगर, मर्जादपुर, चाकारचौडालगायतका सीमा नाकालाई भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ । उनीहरुले सीमा नाकामा मोटरसाइकल तथा अन्य ठूला सवारीसाधनको आवतजावतमा पूर्ण रोक लगाएका छन् ।
सीमा नाकाबाट अति आवश्यक परेका दुवै देशका नागरिकलाई उच्च निगरानीका साथ पैदल आवतजावत मात्रै गर्न दिएका छन् । सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको कडाइका कारण भारतबाट दैनिकरुपमा नेपाल भित्रने दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, फलफूललगायतका सामान भित्रन सकेका छैनन् ।
संयुक्त मधेसी मोर्चाको बन्दका कारण भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा गरेको यस्तो कडाइले माल सामान आयात निर्यात कार्यमा खासै फरक भने परेको छैन । तर नेपाली सर्वसाधारणलाई भने सवारीसाधन लिएर भारतीय सहर बजार पुग्न भने निकै समस्या भएको छ ।
भारतीय पक्षले सीमा क्षेत्रमा गरेको यस्तो कडाइका कारण नेपालतर्फका कृष्णनगर, मर्जादपुर, चाकरचौडा सीमानाकामा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् ।
सीमा क्षेत्रमा गरिएको यस्तो कडाइ माथिको आदेशबाट गरिएको भारतीय सीमा सुरक्षा बल खुनुवाका इन्चार्ज प्रहरी नायब निरीक्षक शिवचरण शर्माले बताउनुभयो । अर्को आदेश नआउञ्जेलसम्म सीमा क्षेत्रबाट कुनै पनि निजी तथा भाडाका सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाउने पनि प्रहरी नायब निरीक्षक शर्माले बताउनुभयो ।
सधैँजसो निकै भीडभाड रहने यहाँका नाका भारतीय सुरक्षाकर्मीले कडाइ गरेपछि निकै सुनसान देखिएका छन् ।
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु
फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा ३ जनाको मृत्यु, सुनामीको चेतावनी
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने