
सीमा नाकामा भारतीय प्रहरीबाट कडा सुरक्षा निगरानी
कपिलवस्तु, ६ असोज । नेपालमा संविधान जारी भएलगत्तै सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले सुरक्षा सकतर्कता बढाएका छन् ।
नेपाल भारत सीमा क्षेत्रअन्तर्गत कपिलवस्तुको कृष्णनगर, मर्जादपुर, चाकारचौडालगायतका सीमा नाकालाई भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको छ । उनीहरुले सीमा नाकामा मोटरसाइकल तथा अन्य ठूला सवारीसाधनको आवतजावतमा पूर्ण रोक लगाएका छन् ।
सीमा नाकाबाट अति आवश्यक परेका दुवै देशका नागरिकलाई उच्च निगरानीका साथ पैदल आवतजावत मात्रै गर्न दिएका छन् । सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको कडाइका कारण भारतबाट दैनिकरुपमा नेपाल भित्रने दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, फलफूललगायतका सामान भित्रन सकेका छैनन् ।
संयुक्त मधेसी मोर्चाको बन्दका कारण भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा गरेको यस्तो कडाइले माल सामान आयात निर्यात कार्यमा खासै फरक भने परेको छैन । तर नेपाली सर्वसाधारणलाई भने सवारीसाधन लिएर भारतीय सहर बजार पुग्न भने निकै समस्या भएको छ ।
भारतीय पक्षले सीमा क्षेत्रमा गरेको यस्तो कडाइका कारण नेपालतर्फका कृष्णनगर, मर्जादपुर, चाकरचौडा सीमानाकामा सर्वसाधारण सास्ती भोग्न बाध्य भएका छन् ।
सीमा क्षेत्रमा गरिएको यस्तो कडाइ माथिको आदेशबाट गरिएको भारतीय सीमा सुरक्षा बल खुनुवाका इन्चार्ज प्रहरी नायब निरीक्षक शिवचरण शर्माले बताउनुभयो । अर्को आदेश नआउञ्जेलसम्म सीमा क्षेत्रबाट कुनै पनि निजी तथा भाडाका सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाउने पनि प्रहरी नायब निरीक्षक शर्माले बताउनुभयो ।
सधैँजसो निकै भीडभाड रहने यहाँका नाका भारतीय सुरक्षाकर्मीले कडाइ गरेपछि निकै सुनसान देखिएका छन् ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायतमा काम गर्न चाहने विदेशी नागरिकका लागि मङ्गलबारदेखि भिसा आवेदन खुला
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई