काठमाडौँ, ५ असोज । मुख्यसचिव डा सोमलाल सुवेदीले सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय र केन्द्रलाई सङ्घीयता कार्यान्वयन गर्ने सन्दर्भमा पाँचबुँदे निर्देशन दिएका छन् ।
मुख्य सचिव डा सुवेदीले मंगलबार सबै मन्त्रालय, आयोग र सचिवालयलाई संविधानले तोकेको तीन तहको कार्यसूची र सहवर्ती अधिकारबमोजिम आआफ्नो जनशक्ति, स्रोत र सङ्गठनको विवरण र मिलान गर्न सम्भावित तरिका र योजना तर्जुमा गर्ने, हरेक मन्त्रालय र निकायमा विगतको पुनःसंरचना प्राविधिक समितिलाई थप क्रियाशील बनाउने, उक्त समितिमा कानुन र लेखा शाखा प्रमुखलाई पनि समावेश गर्ने, त्यस्तो समितिले नियमित कार्य गरी १५–१५ दिनमा कार्य प्रगति सामान्य प्रशासन मन्त्रालयमा पठाउन निर्देशन दिएका हुन् ।
त्यसैगरी आआफ्ना निकाय र मातहत निकायका कानुन संविधानअनुरुप मिलान, परिमार्जन र तर्जुमा गर्नुपर्ने प्राथमिकता सूची तयार गरी कार्यान्वयन कार्य योजना बनाउन सचिवले नै संयोजन गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउन, प्रदेशमा रहेका आआफ्ना जनशक्ति, स्रोत, सम्पत्ति विवरण तयार गर्न र अब उप्रान्त सङ्गठन संरचना परिवर्तन र सङ्गठन विकास अध्ययन गर्दा सङ्घीय ढाँचा एवम् संविधानबमोजिम आवश्यक पर्नेबाहेक कर्मचारी दरबन्दी थप्ने कार्य नगर्न पनि निर्देशन दिएका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा