
विद्यमान राजनीतिक समस्या समाधानका लागी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन राजनीतिक दलको बैठक । तस्बिर ः रोशन सापकोटा, रासस
काठमाडौँ, ५ असोज । तीन प्रमुख तीन राजनीतिक दलले नेपालको संविधानप्रति भारतीय प्रतिक्रिया र त्यसको सम्भावित प्रभावका विषयमा आज गम्भीर छलफल गरेका छन् ।
पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले देशको समग्र सुरक्षा अवस्था र संविधान जारी पछिको स्थितिका विषयमा छलफल गरेको हो । बैठकपछि नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानका विषयमा नबुझेका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रलाई बुझाउने र असन्तुष्ट दललाई सहमति ल्याउने विषयमा छलफल भएको बताए ।
उनले संविधानले दिएको अधिकारलाई पनि नदिएको जस्तो गरिएको भन्दै नबुझेर आन्दोलनमा रहेका राजनीतिक दललाई संविधानका विषयमा स्पष्ट पारिने पनि बताए ।
नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले संविधान जारीपछि भारतले दिएको प्रतिक्रिया र सो सम्बन्धमा नेपालले अपनाउनुपर्ने विषयमा गम्भीर छलफल भएको जानकारी दिए । उनले नेपालको समग्र सुरक्षा स्थितिका विषयमा पनि छलफल भएको बताए । उनले भने, “भारतको नाकाबाट आउने सामग्री रोकिएको भन्ने विषयमा पनि बैठकमा छलफल भयो ।” प्रधानमन्त्रीले संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिने विषयमा बुधबार परामर्श गरेर निर्णय लिने उपाध्यक्ष रावलले जानकारी दिए ।
संविधानमा असन्तुष्टि जनाउने राजनीतिक दलसँग वार्ता जारी राख्ने र उनीहरुलाई वार्ताका ल्याउने विषयमा दलहरुले स्पष्ट कुरा राख्ने निर्णय भएको पनि उनले जानकारी दिए । राष्ट्रिय हित र लोकतन्त्र, राष्ट्रिय एकता र सद्भावजस्ता विषयलाई ध्यान दिँदै तराई मधेस क्षेत्रमा लामो समयदेखि भएको बन्दले परेको प्रभावप्रति दलहरु संवेदनशील रहेको उल्लेख गर्दै उनले नेपालमा भएको घटनाक्रमका विषयमा अन्तर्राष्ट्रिय क्षेत्रलाई सामूहिक रुपमा स्पष्ट पारिने बताए ।
बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षत्रय वामदेव गौतम, विद्यादेवी भण्डारी र रावल तथा महासचिव ईश्वर पोखरेल एवम् एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेता सहभागी थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा