संविधानप्रति कसैले आपत्ति जनाउनुपर्दैन– दाहाल

प्रचण्ड

प्रचण्ड

काठमाडौँ, ५ असोज । एकीकृत नेकपा(माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान नेपाली जनता र नेपालका राजनीतिक दलले लेखेकाले कोही कसैले आपत्ति जनाउनु नपर्ने बताउनुभएको छ ।

एमाओवादी नेता गोपाल किराँतीद्वारा लिखित ‘प्रचण्डपथको विजय’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले नेपालको संविधान, २०७२’ कोही कसैको विरुद्धमा नभएको स्पष्ट गर्नुभयो ।
एक्काइसाँै शताब्दीमा कुनै पनि मुलुकले कुनै अर्को मुलुकविरुद्ध कुनै पनि प्रकारको कदम चाल्न नसक्ने भएकाले अनावश्यक हल्लाको पछाडि नलाग्न र नेपालको आफ्नो स्वतन्त्रताको पक्षमा अडिग रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा भारतीय पत्रकार आनन्दस्वरुप वर्माले नेपालको निर्णय नेपाली जनता र राजनीतिक दलले गर्ने भएकाले कोही कसैले अनावश्यक चासो लिनु आवश्यक नभएको बताउनुभयो । नेपालमा संविधान बनेकामा भारतीय जनताले स्वागत गरेको उहाँको कथन थियो ।

सो पुस्तकमा संविधान लेखन प्रक्रिया, एमाओवादी भूमिकालगायत एक दर्जन लेख समेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री