गौशाला, ५ असोज । भारतले आज बिहानदेखि महोत्तरी जिल्लाको तीनवटा सीमा नाकामा यातायात ठप्प गरेको छ ।
महोत्तरीको मुख्य भन्सार नाका भिठ्ठामोड, मटिहानी र सम्सीबाट भारत आवतजावत गर्ने सम्पूर्ण सवारी तथा मालबाहक गाडीलाई भारत बिहारको सीमा सुरक्षा बल (एसएसबी) ले आज बिहानदेखि रोक लगाएको छ ।
भारतले मोटरसाइकल, साइकल, जिपलगायतका कुनै पनि साधन नेपालबाट भारत जान दिएको छैन । पैदल यात्रीलाई समेत निकै सोधपुछ गरेर अत्यावश्यक काम परेकालाई मात्रै भारत जान दिने गरिएको छ ।
यसका साथै महोत्तरीका विभिन्न गाउँठाउँबाट दैनिक उपभोगका सरसामान खरिद गर्न सीमापारिका बजारमा गएकालाई भारतको सीमामा खटिएका सीमा सुरक्षा बलले हातहातमा स–साना झोलामात्र ल्याउन दिएका छन् भने ठूलो पोकामा कुनै पनि सामान ल्याउन रोक लगाएका छन् ।
भारतले आफ्नो देशमा चुनाव हुने भएको र त्यसमा नेपालतर्फबाट केही अवाञ्छित गतिविधि हुन सक्ने भन्दै महोत्तरीका तीनवटा सीमा नाकामा आजैदेखि सबै यातायातका साधन प्रवेशमा रोक लगाएको जनाएको छ ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]