सप्तरी, ५ असोज । तराई मधेसमा विगत ३९ दिनदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलन दिन प्रतिदिन कडा बन्दै गइरहेको छ ।
सीमाङ्कन र राज्यका हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागितालगायतका विभिन्न माग राख्दै मधेसी मोर्चाले तराई मधेसमा अनिश्चितकालीन आमहडताल गरेपछि सप्तरीको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।
मोर्चाले थालेको आन्दोलनको आज ३९ औँ दिन मधेसी मोर्चाका कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेका छन् । प्रदर्शनकारीले सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधनलाई चल्न दिएका छैनन् भने ठाउँठाउँमा प्रदर्शन गर्दै बजार तथा पसल पूर्णरुपमा बन्द गराएका छन् ।
प्रदर्शनकारीले राजविराजको गजेन्द्र चोक, दर्शन चोक, महावीर चोकलगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गर्नुका साथै बजार पसल पूर्णरुपमा ठप्प पारेको बताइएको छ ।
आइतबार नयाँ संविधान जारी भएपछि आन्दोलनकारीले आन्दोलनका कार्यक्रम झन कडा बनाएर पूर्णरुपमा सप्तरी ठप्प पारेका हुन् । साथै, मोर्चाले पूर्व पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा राखेर तथा रुख ढालेर सडक अवरुद्ध पारेका छन् ।
सीमाङ्कनको विरोधमा उत्रिएका सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीलगायतका मधेसवादीदलले आह्वान गरेको अनिश्चितकालीन तराई मधेस बन्दको आज ३९ आँै दिन पुगेको हो ।
मोर्चाका कार्यकर्ताले सप्तरीसहित तराईका जिल्लामा विगत एक महिनाभन्दा बढी समयदेखि बन्द जारी राखेकाले ती जिल्लामा बन्दको निकै प्रभाव परेको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते