काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्को आजको बैठकमा राष्ट्रपति डा रामवरण यादवबाट ‘नेपालको संविधान, २०७२’ घोषणा गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवासमा भएको बैठकमा राष्ट्रपति डा यादवले संविधान प्रारम्भ भएको घोषणा गर्ने विषयमा छलफल भएको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । सभाअध्यक्षबाट प्रमाणित भएको ‘नेपालको संविधान, २०७२’ आज संविधानसभा भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा यादवले प्रारम्भ भएको घोषणा गर्ने कार्यक्रम छ ।
बैठकमा भोलि (सोमबार) सरकार र राजनीतिक दलसमेतको सहभागितामा ¥याली निकाल्ने विषयमा छलफल हुनुका साथै आवश्यक तयारीका बारेमा उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जानकारी गराउनुभएको थियो । छलफलपछि प्रधानमन्त्री सुशील कोइरालाले थप आवश्यक निर्देशनसमेत दिनुभएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री डा रिजालले बताए ।
बैठकमा भूकम्प पछाडिको पुनःनिर्माणको कार्य चाँडै सम्पादन गर्नका लागि राजनीतिक रुपमा ऐन कानुनी प्रक्रियालाई ध्यानमा राखेर कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।
सरकारले भूकम्पपछिको पुनःनिर्माणको काम र बाँकी रहेको पुनःस्थानाको काम तदारुकताका साथ अघि बढाउन तयारी गर्ने र त्यसका लागि आवश्यक राजनीतिक समझदारी, कानुनी, संवैधानिक तयारी गर्ने विषयमा समेत छलफल भएको मन्त्री रिजालले बताए ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण