शनिबार, असोज ३ २०७७ | Sat, September 19, 2020
नेपालको समय: २३:५४ | UK Time: 19:09

संविधानको घोषणा हुनु ऐतिहासिक –युरोपेली सङ्घ

वीनेपाली
२०७२ असोज २ गते १३:०५

काठमाडौँ, १ असोज । युरोपेली सङ्घले विस्तृत शान्ति सम्झौतालाई अन्त्य गर्ने संविधानसभाबाट नयाँ संविधान जारी हुने कार्य नेपालको ऐतिहासिक घटना भएको जनाएको छ ।

सङ्घले आज साँझ एक प्रेस विज्ञप्ति जारी गरी नयाँ संविधानको घोषणाले दिगो विकास, लोकतन्त्रको सुदृढीकरण र आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

सङ्घले विनाशकारी भूकम्प गएको अवस्थामा पनि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग गर्नेसमेत विज्ञप्तिमा जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक