काठमाडौँ, २ असोज । संविधान जारी भएको घोषणा हुने दिनमा अप्रिय घटना नहोस् भनेर आइतबारका लागि सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ ।
सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकायअन्तर्गतका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभागलाई तयारी अवस्थामा राखिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले राससलाई बताए ।
सरकारले देशैभर खानतलासी, जाँच र गस्ती बढाएको छ । प्रवक्ता ढकालले भने – “शान्ति सुरक्षामा खलल पुरयाउने, ताडफोड र आगजनी गर्नेहरूलाई स्थानीय प्रशासन ऐनअनुसार तुरुन्त कारबाही गर्न निर्देशन दिइएको छ ।”
उनले आवश्यकताअनुसार सबै सुरक्षा निकाय परिचालनको तयारी गरिएको बताए । संविधान घोषणाको दिन देशभर गरिने दीपावलीमा सहभागीका लागि समेत आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको उनको भनाइ थियो ।
संविधानसभा भवनमा विशेष सुरक्षा
संविधान जारी हुने स्थान संविधानसभा भवन नयाँ बानेश्वरमा आइतबारका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नारायणसिंह खड्काका अनुसार संविधानसभाभित्र र बाहिरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ ।
संविधानसभाभित्र विशिष्ट व्यक्तिको सुरक्षालाई ध्यानमा राखी सो दिनका लागि छुट्टै विशेष अनुमतिपत्रको व्यवस्था मिलाइएको उनले बताए ।
त्यस्तै विशिष्ट व्यक्तिको आवागमन हुने सडक क्षेत्रमा समेत सुरक्षा व्यवस्था कडाइ गरिएको छ । प्रहरीले संविधानसभा र बाहिरका लागि तीन पङ्क्तिको सुरक्षा मिलाएको छ ।
अघिल्लो पङ्क्तिमा सभाक्षेत्र बाहिर र भित्र, दोस्रो पङ्क्तिमा ‘ब्याकअप’का रुपमा र तेस्रो पङ्क्तिमा प्रहरी केन्द्रीय कार्यालयमा प्रहरी तयारी अवस्थामा राखेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बलले पनि सोहीअनुरुपको घेरा तयार पारी तयारी अवस्थामा फौज राखेको छ । संविधानसभाभित्र र बाहिर नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका सदस्यलाई परिचालन तीव्र पारिएको छ ।
सुरक्षालाई ध्यानमा राखी एक हप्ताअघिदेखि नै काठमाडौँ उपत्यकामा भित्रिने सबै नाकामा जाँचमा कडाइ गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते