काठमाडौँ, २ असोज । सभाध्यक्ष सुवास नेम्वाङबाट प्रमाणीकरण भएको नेपालको संविधान, २०७२ लाई जनतासमक्ष घोषणा गर्ने ऐतिहासिक कार्यक्रमका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ ।
गत भदौ ३० गतेको संविधानसभाबाट पारित तथा यही असोज १ गते सभासद्को हस्ताक्षरपछि सभाध्यक्षबाट प्रमाणीकरण गरिएको संविधान आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको बैठकमा सोही दिनदेखि लागू भएको घोषणा हुनेछ । सभाको बैठकलाई औपचारिक राष्ट्रिय समारोहका रुपमा मनाउन सचिवालयले तयारी गरेको छ ।
सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार सभासद्को हस्ताक्षर र अध्यक्षले प्रमाणीकरण गरेको नेपाली कागजमा मुद्रित संविधानको पृष्ठ ३५० मा राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गरी संविधान जारी भएको घोषणा गर्नेछन् ।
सचिवालयले समारोहस्थलको सरसफाइ र सजावट तथा अन्य व्यवस्थापन गरिसकेको छ । सोका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाइने भएको छ ।
“संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालका संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु” भन्ने बेहोरामा राष्ट्रपति डा यादवले हस्ताक्षर र त्यसको घोषणा गर्नेछन् । राष्ट्रपति डा यादवलाई सभाध्यक्ष नेम्वाङले पारित संविधान पेस गर्ने जनाइएको छ ।
सचिवालयले मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वसभासद्, सरकारका उच्च अधिकारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक क्षेत्रका प्रतिनिधिलगायतलाई निम्तो दिएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा