काठमाडौँ, २ असोज । सभाध्यक्ष सुवास नेम्वाङबाट प्रमाणीकरण भएको नेपालको संविधान, २०७२ लाई जनतासमक्ष घोषणा गर्ने ऐतिहासिक कार्यक्रमका लागि संसद् सचिवालयले तयारी पूरा गरेको छ ।
गत भदौ ३० गतेको संविधानसभाबाट पारित तथा यही असोज १ गते सभासद्को हस्ताक्षरपछि सभाध्यक्षबाट प्रमाणीकरण गरिएको संविधान आइतबार साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको बैठकमा सोही दिनदेखि लागू भएको घोषणा हुनेछ । सभाको बैठकलाई औपचारिक राष्ट्रिय समारोहका रुपमा मनाउन सचिवालयले तयारी गरेको छ ।
सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार सभासद्को हस्ताक्षर र अध्यक्षले प्रमाणीकरण गरेको नेपाली कागजमा मुद्रित संविधानको पृष्ठ ३५० मा राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गरी संविधान जारी भएको घोषणा गर्नेछन् ।
सचिवालयले समारोहस्थलको सरसफाइ र सजावट तथा अन्य व्यवस्थापन गरिसकेको छ । सोका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाइने भएको छ ।
“संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालका संविधान असोज ३ गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु” भन्ने बेहोरामा राष्ट्रपति डा यादवले हस्ताक्षर र त्यसको घोषणा गर्नेछन् । राष्ट्रपति डा यादवलाई सभाध्यक्ष नेम्वाङले पारित संविधान पेस गर्ने जनाइएको छ ।
सचिवालयले मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वसभासद्, सरकारका उच्च अधिकारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक क्षेत्रका प्रतिनिधिलगायतलाई निम्तो दिएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ