सोमबार, माघ ५ २०७७ | Mon, January 18, 2021
नेपालको समय: १६:५५ | UK Time: 11:10

संविधान जारी गर्ने समारोहमा सहभागी हुन शीर्ष नेताको आग्रह

वीनेपाली
२०७२ असोज २ गते १२:२४

 

प्रधानमन्त्रीे निवास बालुवाटारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै । तस्बिर ः रोशन सापकोटा, रासस

प्रधानमन्त्रीे निवास बालुवाटारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौँ, २ असोज । प्रमुख तीन राजनीतिक दलले भोलि आइतबार संविधान जारी गर्ने समारोहमा सहभागी हुन सबैलाई संयुक्त वक्तव्यमार्फत आह्वान गर्ने भएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले र एनेकपा (माओवादी)का शीर्ष नेताको बैठकले संविधान जारी गर्ने महत्वपूर्ण समारोहमा सबैलाई सहभागी हुन संयुक्त रुपमा वक्तव्य जारी गरी आग्रह गरिने र असन्तुष्ट पक्षलाई पनि सन्तुष्ट पार्ने गरी आजै संयुक्त पत्रकार सम्मेलन आयोजना गरिने बैठकपछि एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले बताए ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले भोलि राष्ट्रपतिले विशेष समारोहका बीच संविधान विधिवत् जारी गर्नुहुने बताए ।

बैठकमा समसामयिक परिस्थितिको सम्बन्धमा समीक्षा गरिएको बताउँदै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र मधेस आन्दोलनको पनि उपलब्धि भएको र संविधानले आम नेपाली जनतालाई सम्बोधन गरेको उल्लेख गरे ।

उपप्रधानमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समीक्षा गरिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक