नेकपा एकीकृत (क्रान्तिकारी), नेकपा (मार्क्सबादी) तथा नेकपा (एकता केन्द्र–मसाल) एकीकरण भएको ती पार्टीले आज प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सबादी) को अध्यक्षमा कमरेड माधव ज्ञवालीलाई चयन गरिएको छ भने महासचिवमा मानध्वज गुरुङलाई तोकिएको छ ।
साथै, अच्युतराज ज्ञवालीको संयोजकत्वमा बुद्धिबहादुर जिसी, महन्त, केवी शाही, जयप्रकाश भरत, तेजप्रकाश घिमिरे, निरिश, आकाश, हिमाल, अप्सरा शाह तथा रेशम दास सदस्य रहेको एक सचिवालय पनि गठन गरेको छ ।
सैद्धान्तिक, राजनीतिक, कार्यदिशा एवम् न्यूनतम अधिकतम रणनीति र कार्यनीतिमा समेत एकता भएको र भविष्यमा देखापर्ने मतमतान्तरलाई समेत वैज्ञानिक ढङ्गले हल गर्दै जाने सङ्कल्पसहित आजदेखि एकता गर्ने निर्णय गरेका छौँ – सो पार्टीका अध्यक्ष ज्ञवालीले विज्ञप्तिमा भन्नुभएको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान गर्नका लागि नौलो जनवादी क्रान्ति सम्पन्न गर्नु आजको ज्वलन्त आवश्यकता बन्न पुगेको भन्दै मार्क्सबाद–लेनिनवाद– माओ विचारधाराले मात्र समाजलाई आमूल परिवर्तनकारी दिशामा अघि बढाउन हामी दृढ विश्वस्त छौँ – उहाँले भन्नुभएको छ ।
मुलुकमा गणतन्त्र स्थापना गरी समाजलाई समानुपातिक तथा समावेशी तरिकाबाट राज्यको पुनसंरचना गर्ने कतिपय सकारात्मक काम भए पनि व्यस्थापिकीय संरचना भने पश्चिमा पुँजीवादी संसदीय प्रणालीलाई नै मजबुत पार्ने संवैधानिक व्यवस्थाले नेपाली जनताको समस्या समाधान गर्न नसक्ने स्पष्ट गर्दै जनमुखी संविधानका लागि पार्टीले अथक सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा