नेकपा एकीकृत (क्रान्तिकारी), नेकपा (मार्क्सबादी) तथा नेकपा (एकता केन्द्र–मसाल) एकीकरण भएको ती पार्टीले आज प्रकाशित गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (मार्क्सबादी) को अध्यक्षमा कमरेड माधव ज्ञवालीलाई चयन गरिएको छ भने महासचिवमा मानध्वज गुरुङलाई तोकिएको छ ।
साथै, अच्युतराज ज्ञवालीको संयोजकत्वमा बुद्धिबहादुर जिसी, महन्त, केवी शाही, जयप्रकाश भरत, तेजप्रकाश घिमिरे, निरिश, आकाश, हिमाल, अप्सरा शाह तथा रेशम दास सदस्य रहेको एक सचिवालय पनि गठन गरेको छ ।
सैद्धान्तिक, राजनीतिक, कार्यदिशा एवम् न्यूनतम अधिकतम रणनीति र कार्यनीतिमा समेत एकता भएको र भविष्यमा देखापर्ने मतमतान्तरलाई समेत वैज्ञानिक ढङ्गले हल गर्दै जाने सङ्कल्पसहित आजदेखि एकता गर्ने निर्णय गरेका छौँ – सो पार्टीका अध्यक्ष ज्ञवालीले विज्ञप्तिमा भन्नुभएको छ ।
राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु समाधान गर्नका लागि नौलो जनवादी क्रान्ति सम्पन्न गर्नु आजको ज्वलन्त आवश्यकता बन्न पुगेको भन्दै मार्क्सबाद–लेनिनवाद– माओ विचारधाराले मात्र समाजलाई आमूल परिवर्तनकारी दिशामा अघि बढाउन हामी दृढ विश्वस्त छौँ – उहाँले भन्नुभएको छ ।
मुलुकमा गणतन्त्र स्थापना गरी समाजलाई समानुपातिक तथा समावेशी तरिकाबाट राज्यको पुनसंरचना गर्ने कतिपय सकारात्मक काम भए पनि व्यस्थापिकीय संरचना भने पश्चिमा पुँजीवादी संसदीय प्रणालीलाई नै मजबुत पार्ने संवैधानिक व्यवस्थाले नेपाली जनताको समस्या समाधान गर्न नसक्ने स्पष्ट गर्दै जनमुखी संविधानका लागि पार्टीले अथक सङ्घर्ष गर्ने निर्णय पनि गरेको छ ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
‘मिलारेपा’ नाटकका निर्देशक बुद्धि तामाङ लन्डन आइपुगे