
भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा । उहाँलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रेले स्वागत गर्नुभएको थियो । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा भारतीय विदेश मन्त्रालयका सचिव एस जयशङ्कर शुक्रबार काठमाडौँ आइपुगेका छन् ।
राष्ट्रपति डा रामवरण यादवसँग उनले शीतल निवासमा आजै भेटघाट गर्ने कार्यक्रम छ ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल एवम् तराई मधेस केन्द्रित राजनीतिक दलका नेताहरुसँग समेत विदेश सचिव जयशङ्करले अलग अलग भेटघाट गर्ने तय भएको छ ।
संविधानसभाले नेपालको संविधान, २०७२ पारित गरी असोज ३ गते जारी गर्न लागेको सन्दर्भमा उनको भ्रमण भएको हो ।
नेपालस्थित भारतीय दूतावासका प्रेस सूचना तथा संस्कृति विभाग प्रमुख अभयकुमारले दिनुभएको जानकारीअनुसार विदेशसचिव जयशङ्करले नेपालमा रहँदा नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्ने जनाइएको छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ