काठमाडौँ, ३१ भदौ । बेलायतमा रहेका नेपालीको संस्था ब्रिटिस गोर्खा नेपाली परिषद्ले हरेक वर्ष उत्कृष्ट नेपाली प्रतिभालाई वार्षिक रुपमा ‘ब्रिटिस गोर्खा अवार्ड’ प्रदान गर्ने भएको छ ।
कला, साहित्य, पत्रकारिता, सङ्गीत र खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च योगदान पुरयाउने नेपाली प्रतिभालाई सो सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।
परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला र संस्कृतिविद् तुलसी दिवसले विश्वयुद्वमा नेपालीले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताउँदै घोषणा गरिएको अवार्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्नेमा जोड दिनुभयो ।
भिक्टोरिया क्रस विजयी बेलायती सेनाका क्याप्टेन रामबहादुर लिम्बूले गोर्खाली बन्नलाई कठोर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । परिषद्का उपाध्यक्ष किरण टी लिम्बू, राजनीतिक विश्लेषक डा सुरेन्द्र केसीलगायतले दोस्रो विश्वयुद्धमा एक लाख ५० हजार गोरखाली सेनामा भर्ती भएर नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
आजै नेपाल शाखामा पूर्वमिस नेपाल सुविन लिम्बूको संयोजकत्वमा नयाँ समिति गठन गरिएको छ जसको सहसंयोजकमा प्रवीन पुमा, कोषाध्यक्षमा सम्झना राई, सदस्यमा गोविन्द राई, अशोक प्यासी राई, नवीन गुरुङ, स्वप्नील स्मृति, प्रकृति थुलुङ, युवराज गौतम, ताराप्रकाश लिम्बू, मनोज नेम्वाङ र विमला भण्डारी हुनुहुन्छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा