काठमाडौँ, ३१ भदौ । संविधानको जारी प्रक्रियाविरुद्ध आन्दोलनरत नेकपा–माओवादी नेतृत्वको तेत्तीस दलीय मोर्चा, सङ्घीय गठबन्धन र समृद्ध मधेस नागरिक अभियानले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
सङ्घीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको तीन मोर्चाको बैठकले संविधान घोषणा हुने असोज ३ गतेलाई कालो दिनका रुपमा लिइ सो दिन कालो झण्डासहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको बैठकपछि आज जारी संयुक्त विज्ञप्तिमा उल्ल्ेख छ ।
माओवादी अध्यक्ष मोहन वैद्य, फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा संविधानविरुद्ध आन्दोलनरत शक्तिबीच कार्यगत एकता गर्दै आन्दोलनलाई थप सशक्त बनाइने उल्लेख छ ।
घोषित संविधानविरुद्ध असोज ४ गते जनपरिचालनसहित प्रदर्शन गर्ने निर्णय पनि गरिएको उल्लेख छ । बैठकले देशका विभिन्न क्षेत्रमा भइरहेको आन्दोलनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश