काठमाडौँ, ३१ भदौ । संविधानको जारी प्रक्रियाविरुद्ध आन्दोलनरत नेकपा–माओवादी नेतृत्वको तेत्तीस दलीय मोर्चा, सङ्घीय गठबन्धन र समृद्ध मधेस नागरिक अभियानले संयुक्त रुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।
सङ्घीय समाजवादी फोरमको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको तीन मोर्चाको बैठकले संविधान घोषणा हुने असोज ३ गतेलाई कालो दिनका रुपमा लिइ सो दिन कालो झण्डासहित विरोध प्रदर्शन गर्ने निर्णय गरेको बैठकपछि आज जारी संयुक्त विज्ञप्तिमा उल्ल्ेख छ ।
माओवादी अध्यक्ष मोहन वैद्य, फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा संविधानविरुद्ध आन्दोलनरत शक्तिबीच कार्यगत एकता गर्दै आन्दोलनलाई थप सशक्त बनाइने उल्लेख छ ।
घोषित संविधानविरुद्ध असोज ४ गते जनपरिचालनसहित प्रदर्शन गर्ने निर्णय पनि गरिएको उल्लेख छ । बैठकले देशका विभिन्न क्षेत्रमा भइरहेको आन्दोलनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।
सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]