काठमाडौँ, ३१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाबाट बन्ने संविधानको परिधिभित्र रही आलोचनात्मक समर्थन गर्दै हिन्दू राष्ट्रको मागलाई मूल मुद्दा बनाई जनतामा जाने निर्णय गरेको छ ।
संविधानका कतिपय अन्तरवस्तुमा गम्भीर असहमति भएपनि प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शप्रति प्रतिबद्ध रहेकाले आजको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
“हाम्रा मुद्दा पारित गर्न नसके पनि संविधान निर्माणको प्रक्रियामा सहभागी भई आफ्नो सिद्धान्तको रक्षाको पक्षमा मतदान गर्दा गौरवको अनुभव गरेका छौँ, संविधानमा समावेस गर्न नसके पनि हिन्दू राष्ट्रको पक्षमा सशक्त जनमत सृजना गर्न सफल भएका छौँ”–उहाँले भन्नुभयो ।
अध्यक्ष थापाले धर्मनिरपेक्षको निर्णयले धर्म परिवर्तनलाई प्रोत्साहित गर्ने, नेपालीको राष्ट्रिय पहिचान सङ्कटमा पर्ने र धार्मिक द्वन्द्वमा मुलुक पर्न सक्ने धारणा राख्नु भयो ।
संविधान निर्माणको अन्तिम प्रक्रियासम्म सहभागी भएर पार्टीले प्रजातन्त्र र विधिको शासनप्रतिको निष्ठालाई कायम गर्न सफल भएको सहप्रवक्ता मोहन श्रेष्ठद्वारा हस्ताक्षर गरी वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा मधेस केन्द्रित दललाई राजनीतिको मूलधारमा ल्याउने पहलका लागि सत्तारुढ दल र मूलधारमा आउन मधेसवादी दलसमक्ष अपिल गरिएको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा