काठमाडौँ, ३१ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाबाट बन्ने संविधानको परिधिभित्र रही आलोचनात्मक समर्थन गर्दै हिन्दू राष्ट्रको मागलाई मूल मुद्दा बनाई जनतामा जाने निर्णय गरेको छ ।
संविधानका कतिपय अन्तरवस्तुमा गम्भीर असहमति भएपनि प्रजातान्त्रिक मूल्य मान्यता र आदर्शप्रति प्रतिबद्ध रहेकाले आजको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिनुभयो ।
“हाम्रा मुद्दा पारित गर्न नसके पनि संविधान निर्माणको प्रक्रियामा सहभागी भई आफ्नो सिद्धान्तको रक्षाको पक्षमा मतदान गर्दा गौरवको अनुभव गरेका छौँ, संविधानमा समावेस गर्न नसके पनि हिन्दू राष्ट्रको पक्षमा सशक्त जनमत सृजना गर्न सफल भएका छौँ”–उहाँले भन्नुभयो ।
अध्यक्ष थापाले धर्मनिरपेक्षको निर्णयले धर्म परिवर्तनलाई प्रोत्साहित गर्ने, नेपालीको राष्ट्रिय पहिचान सङ्कटमा पर्ने र धार्मिक द्वन्द्वमा मुलुक पर्न सक्ने धारणा राख्नु भयो ।
संविधान निर्माणको अन्तिम प्रक्रियासम्म सहभागी भएर पार्टीले प्रजातन्त्र र विधिको शासनप्रतिको निष्ठालाई कायम गर्न सफल भएको सहप्रवक्ता मोहन श्रेष्ठद्वारा हस्ताक्षर गरी वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा मधेस केन्द्रित दललाई राजनीतिको मूलधारमा ल्याउने पहलका लागि सत्तारुढ दल र मूलधारमा आउन मधेसवादी दलसमक्ष अपिल गरिएको छ ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण