काठमाडौँ, ३१ भदौ । एकीकृत नेकपा (माओवादी)ले नयाँ संविधान जारी हुने दिन असोज ३ मा मुलुकभर दीपावली गर्न र ४ गते संयुक्तसभाको कार्यक्रम सफल पार्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।
एमाओवादीका महासचिव कृष्णबहादुर महराले आज एक विज्ञप्ति प्रकाशित गरी ऐतिहासिक उत्सवका रुपमा मनाउन र थप अधिकार प्राप्तिको दिशामा केन्द्रीत हुन पार्टी पङ्क्ति, र जनसमुदायमा आग्रह गर्नुभएको छ ।
आगामी असोज ३ गते संविधानसभा भवन नयाँ बानेश्वरमा नेपालको संविधान, २०७२ जारी गर्ने कार्यक्रम तय भएको छ ।
सम्पूर्ण वर्ग, जाति, क्षेत्र लिङ्गका जनताका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकारलाई नयाँ संविधानमा मुखरित गरी एक समृद्ध र परिस्कृत संविधान नेपाली जनतालाई दिने कार्यभार केही बाँकी रहेपनि हाल प्राप्त भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकजस्ता महत्वपूर्ण उपलब्धि भएकाले त्यसलाई आत्मसात गर्न महासचिव महराले आग्रह गर्नुभएको छ ।
समाजवादी अर्थतन्त्रको विकासलाई समृद्ध गर्दै देशलाई अग्रगामी दिशामा लैजाने कुरामा राष्ट्रिय सहमति हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले थारु, जनजाती, मधेसी, महिला, दलित, मुस्लिमलगायतका भावना र मागलाई सम्बोधन गर्ने सङ्कल्पको दस्तावेज नयाँ संविधान रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वाभिमानको विजयका रुपमा आत्मसात गर्न अनुरोध गर्नुभएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार