काठमाडौँ, ३१ भदौ । एकीकृत नेकपा (माओवादी)ले नयाँ संविधान जारी हुने दिन असोज ३ मा मुलुकभर दीपावली गर्न र ४ गते संयुक्तसभाको कार्यक्रम सफल पार्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको छ ।
एमाओवादीका महासचिव कृष्णबहादुर महराले आज एक विज्ञप्ति प्रकाशित गरी ऐतिहासिक उत्सवका रुपमा मनाउन र थप अधिकार प्राप्तिको दिशामा केन्द्रीत हुन पार्टी पङ्क्ति, र जनसमुदायमा आग्रह गर्नुभएको छ ।
आगामी असोज ३ गते संविधानसभा भवन नयाँ बानेश्वरमा नेपालको संविधान, २०७२ जारी गर्ने कार्यक्रम तय भएको छ ।
सम्पूर्ण वर्ग, जाति, क्षेत्र लिङ्गका जनताका आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकारलाई नयाँ संविधानमा मुखरित गरी एक समृद्ध र परिस्कृत संविधान नेपाली जनतालाई दिने कार्यभार केही बाँकी रहेपनि हाल प्राप्त भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिकजस्ता महत्वपूर्ण उपलब्धि भएकाले त्यसलाई आत्मसात गर्न महासचिव महराले आग्रह गर्नुभएको छ ।
समाजवादी अर्थतन्त्रको विकासलाई समृद्ध गर्दै देशलाई अग्रगामी दिशामा लैजाने कुरामा राष्ट्रिय सहमति हुनु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले थारु, जनजाती, मधेसी, महिला, दलित, मुस्लिमलगायतका भावना र मागलाई सम्बोधन गर्ने सङ्कल्पको दस्तावेज नयाँ संविधान रहेको उल्लेख गर्दै नेपालको राष्ट्रिय स्वाभिमानको विजयका रुपमा आत्मसात गर्न अनुरोध गर्नुभएको छ ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते