काठमाडौँ, ३० भदौ । नेपालको नयाँ संविधान आजको संविधानसभा बैठकबाट पारित भएपछि प्रमुख दलका शीर्ष नेताले यस घटनालाई ऐतिहासिक भन्दै अब मुलुकमा स्थिरता र समृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दीपावली गराँै ः प्रधानमन्त्री
बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नेपाली जनताको २००७ सालदेखिको सपना पूरा भएको बताउनुभयो ।
सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “सबैको योगदानबाट आज संविधान पारित भएको छ, म सबैलाई बधाई दिन्छु र दीपावलीका लागि आह्वान गर्छु ।”
राजनीतिक सङ्क्रमणकाल टुङ्गियो ः ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लामो समयदेखि नेपाली जनताले गरेको प्रतिक्षाको घडी समाप्त भई जनताले आफ्ना प्रतिनिधिमार्फत् आफ्नो संविधान बनाउन सफल भएको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “सबैको भूमिकाबाट यो ऐतिहासिक उपलब्धि हुन सम्भव भएको हो । अब नेपालको राजनीतिक सङ्क्रमणकाल टुङ्गियो । दोस्रो संविधानसभा पनि असफल हुने हो कि भन्ने शङ्काको पनि अन्त्य भयो ।”
अध्यक्ष ओलीले अब प्राकृतिक रुपमा सुन्दर र स्रोत साधनयुक्त नेपाललाई नयाँ संविधान कार्यान्वयनका आधारमा अघि बढाउने कार्यभार आएको बताउनुभयो ।
नेपालको विजय ः दाहाल
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको सपना साकार भएको रुपमा लिँदै जनता, राष्ट्र र स्वाभिमानको विजय हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “संविधान बन्ने प्रक्रियामा त्याग र बलिदान गरेको पार्टीको नेताका नाताले सबै सहिद र घाइते तथा सबै जनतालाई बधाइ दिन चाहन्छु ।”
दाहालले विश्वको कुनै पनि मुलुकमा संविधानसभाबाट बन्ने संविधान धर्मशास्त्रका रुपमा नरहने भएकाले यसलाई परिमार्जन र गतिशील बनाउन सकिने भएकाले सभाबाहिर रहेका दललाई वार्तामा आउन तथा विजयउत्सवमा सहभागी हुन आग्रह गर्नु भयो ।
खुशीको क्षण ः खनाल र देउवा
नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफूलाई जीवनकै अहिलेसम्मको खुसीको अनुभव भएको भन्दै जनताले आफ्ना प्रतिनिधिमार्फत् संविधान बनाएको गौरव र ऐतिहासिक घटनाका रुपमा लिएको बताउनुभयो ।
काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नेपाली जनताको २००७ सालदेखिको चाहना पूरा भएकाले अब आन्दोलनकारी दललाई पनि वार्तामा आई मुलुकको उन्नतिमा लाग्न आग्रह गर्नुभयो ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा