काठमाडांै । संविधान सभाले नेपालको संविधान दुई तिहाई बहुमतले पारित गरेको छ ।
बुधबार संविधान सभा दुई तिहाई बहुमतले पारित गरेको हो । संविधान पारितको पक्षमा ५०७ र विपक्षमा २५ मत परेको थियो । सभाध्यक्ष सुवास नेम्बाङले दुई तिहाईले पारित भएको घोषणा गरेका हुन् । संविधान सभाका सभासदहरुले दुई तिहाइबहुमतले पारित संविधानलाई टेवुल ठोकेर स्वागत गरेका थिए । यो संविधान आगामी ३ असोज ५ बजे सार्वजनिक समारोहवीच जारी गरेपछि कार्यान्वयनमा आउने छ । यसअघि संविधानमा सभासदहरुले हस्ताक्षर गर्नेछन् ।
यसअघि, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयकको सम्पूर्ण धारा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ विधेयकको अंग बनेको घोषणा गरे । राससका अनुसार, संविधानसभाको बुधबारको बैठकमा अध्यक्ष नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेककको प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अङ्ग बनोस् भनेर राख्नुभएकामा बैठकले त्यसलाई पारित गरेको हो । सो विधेयक पारित भएको घोषणा गर्दै उनले संविधानको नाम ‘नेपालको संविधान २०७२’ रहने जानकारी दिए । यो संविधान २०७२ साल असोज महिनाको ३ गतेदेखि प्रारम्भ हुने उनले बताए ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने